उदय मनिलासंगै लन्डनमा नाचे दर्शक

image6

लन्डन । नेपाली गायनमा जमेको जोडी उदय र मनिलाले गत आइतबार लन्डनस्थित ह्यारो वरो फुटबल क्लव हलमा आफ्नो प्रस्तुति दिए । सपन इन्टरटेनमेन्ट लिमिटेडको आयोजनामा भएको उक्त सांगीतिक कार्यक्रममा उदय मनिला जोडीले आफ्ना कर्णप्रिय गीतहरु गाएर दर्शक मन जिते ।

उदय मनिला जोडीले फूलको थुंगाका साथ दर्शकहरुलाई स्वागत अभिवादन 
गर्दै आधी बाटो हिंडेपछि तिमीसित… गीत गाउंदा उपस्थित दर्शक ननाची रहनै सकेनन् ।

त्यसपछि जय श्रीवास्तव र रुपेश गुरुङको लाइभ म्युजिक धुनमा हांसो ठट्टा सहित करिब ३८ वटा पुराना, आधुनिक र हिन्दी गीतहरु प्रस्तुत हुंदा दर्शकले भरपुर मनोरञ्जन लिए । लारा (लक्ष्मी राई) ले उद्घोषण गरेको उक्त सांगीतिक कार्यक्रममा स्थानीय गायिका शर्मिला वर्देवा र आयोजक आफैं सपन राईले पनि गीत गाएर मनोरञ्जन प्रदान गरे ।

उदय र मनिलाले यस अघि फानबरो र ब्रेकनमा पनि कार्यक्रम प्रस्तुत गरि सकेका छन् ।

उदय र मनिला म्यूजिकल टुर २०१४ आगामी २० डिसेम्वरमा मेडस्टोन इन्जिनियरिङ आर्मी क्याम्पमा, २२ डिसेम्बरमा क्रोइडनमा,२६ डिसेम्वरमा अल्डरसोट भेटघाट रेस्टुरेन्टमा, २८ डिसेम्बरमा फोक्स्टोन र १० जनवरी २०१५ मा बेजिङस्टोकमा आयोजना हुने सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपन राई र  मन्जु गुरुङ राईले जनाएका छन् ।

image4

प्रतिक्रिया

सम्बन्धित सामाग्री