एनआरएनए यूके विवाद छानवीन समितिका संयोजक गौतम बेलायत आउन नसक्ने

कुलचन्द्र गौतम

कुलचन्द्र गौतम

लन्डन । एनआरएनए यूके विवाद छानवीन गर्न केन्द्र (एनआरएनए आइसीसी) बाट गठित समितिका संयोजक कुलचन्द्र गौतम बेलायत नआउने भएका छन् । गौतमले काठमाण्डौंमा आफ्नो छोड्नै नहुने प्रतिवद्धता भएको जनाउंदै छानवीन समितिका अरु पदाधिकारीलाई उल्लेख्य सहयोग गर्न आग्रह गरेका छन् ।

गौतमले छानवीन समितिका अरु सदस्यहरु लोकभक्त राणा र डा. अम्बिका अधिकारीसंग आफू नियमित सम्पर्कमा रहने जनाउंदै बेलायतस्थित पदाधिकारीहरुलाई प्रेषित गरेको इमेलमा समितिले व्यवसायिक र निष्पक्ष छानवीन गरि एनआरएनए यूके र केन्द्रको गरिमा कायम राख्न सघाउने विश्वास व्यक्त गरेका छन् ।

समितिका ति दुई सदस्यले बेलायतमा एनआरएनए अभियानका अग्रजहरु, आइसीसी सदस्यहरु, सल्लाहकारहरु, अध्यक्षका दावेदार महेन्द्र कंडेल एवं योगेन्द्रबहादुर क्षेत्री समूह, वुद्धिजिवी लगायतसंग यथार्थ बुझी प्रतिवेदन बनाउनेछन् । एनआरएनए यूके संरक्षक एवं आइसीसी सल्लाहकार डमर घलेले सम्वन्धित व्यक्तिसंगको छलफल मिति र स्थान तय गर्ने जनाइएको छ । राणा १९ डिसेम्बरमा लन्डन आउने तय भएको छ भने अधिकारी पनि त्यही आसपासमै लन्डन उत्रिने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री