दिव्या र अल्बाट्रोसको कन्सर्टमा मिस नेपाल

IMG_6872

लन्डन । युवाहरुमाझ चर्चित गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोसले शनिवार राती लन्डनमा भव्य कन्सर्ट गरेका छन् । इलाइट इभेन्टले लन्डनस्थित ट्रोक्सीमा गरेको लाइभ कन्सर्टमा झण्डै दुई हजार दर्शक सहभागी भएको आयोजकमध्ये एक म्याक्सी गुरुङले जनाए ।

धेरै समयदेखि बेलायत आउने उनीहरुको प्रयास यसपटक सफल भएको थियो । गायक दिव्याले कन्सर्टमा करिब १५ र अल्बाट्रोसले करिब २० वटा आफ्ना नयां 
पुराना गीत प्रस्तुत गरे । उक्त व्याण्ड सदस्यहरु कन्सर्ट सकिएपछि सोमबार नै स्वदेश फर्कनेछन् भने गायक सुव्वा केही समय बेलायतमा रहने जनाइएको छ ।

कन्सर्टमा मिस नेपाल सुविन लिम्बु, मिस यूके नेपाल टिम लगायत हजारौं सहभागी भए । उक्त अवसरमा मिस नेपाल सुविन लिम्बु, सहारा यूके अध्यक्ष नवीन गुरुङ 
लगायतले आ आफ्नो मन्तव्य दिएका थिए । मिस वोर्ल्ड प्रतियोगितामा सहभागी हुन यहां आएकी मिस नेपाल सुविनले युवाहरुको कार्यक्रममा सहभागी हुन पाउंदा प्रसन्न लागेको बताइन् । सहारा यूके अध्यक्ष नवीन गुरुङले संक्षिप्त मन्तव्य व्यक्त 
गर्दै सुविनलाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।

१२ बजे कन्सर्ट सकिएपछि डिजे सिभा र डिजे विकीको संगीतमा राती अबेरसम्म डान्स पार्टी भएको थियो ।

आयोजकले क्रिसमसको पूर्व सन्ध्यामा साथीभाई अनि आफन्तजनसंग मेलमिलाप र युवाहरुलाई गुणस्तरिय कार्यक्रम दिन कन्सर्ट गरिएको प्रष्ट्याएका छन् । नेपाली गीतसंगीतको प्रबर्धन गर्नु पनि कार्यक्रमको अर्को उद्देश्य रहेको उनीहरुको भनाइ थियो ।

कन्सर्टका क्रममा गायक सुव्वा र मिस नेपाल सुविनका साथ वीरेन खड्का । वीरेनले पनि गायिका अन्जु पन्त, गायक शिव परियार र नायिका प्रियंका कार्की झिकाएर छिट्टै कार्यक्रम गर्ने तयारीमा छन् ।

कन्सर्टका क्रममा गायक सुव्वा र मिस नेपाल सुविनका साथ वीरेन खड्का । वीरेन पनि गायिका अन्जु पन्त, गायक शिव परियार र नायिका प्रियंका कार्की झिकाएर छिट्टै कार्यक्रम गर्ने तयारीमा छन् ।

सरला थापा र मिरुना मगरले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय व्याण्ड 
‘हामी’ ले पनि साथ दिएको थियो ।

कार्यक्रममा सुरक्षा व्यवस्था मजवुत बनाइएको थियो । होहल्ला र बढि पेय पदार्थ सेवन गर्नेलाई बाउन्सरले बेलैमा बाहिर निकालिदिएकाले विगतका अन्य कन्सर्ट जस्तो अप्रिय घट्ना हुन पाएन ।

इलाइट इभेन्ट्का तर्फबाट एलबीजेड गुरुङ, मेख गुरुङ, म्याक्सी गुरुङ, विजय गुरुङ, सुरज सिंह र सञ्जय पुनले कार्यक्रम गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री