अग्रगामी विद्यार्थी यूनियनलाई युकेबाट १ लाख ९ हजार

UK Donation to student
लण्डन । अग्रगामी विद्यार्थी यूनियनको पोखरामा चलिरहेको प्रथम राष्ट्रिय सम्मेलनका लागि नेपाली संघीय समाज युकेले रु १ लाख ९ हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
विद्यार्थी नेता फरिन्द्र थापामगर र नेपाली संघीय समाज युकेका उपाध्यक्ष देव गुरुङ बीचको सम्पर्कबाट अघि बढेको शुभकामना भेटी संकलन अभियानलाई वरिष्ठ उपाध्यक्ष जंग सुनुवार लगायत सम्पूर्ण सदस्यहरुको सक्रियतामा आर्थिक संकलन गरिएको थियो । आर्थिक सहयोग गर्नुहुने सबैलाई समाजका युके अध्यक्ष धर्मबहादुर तामाङले धन्यवाद ज्ञापन गरेका छन् ।
उक्त रकम पार्टी कार्यालय काठमाडौमा नेपाली संघीय समाज युकेका उपाध्यक्ष तथा सेवारत् मेजर योगेश राईले विद्यार्थी युनियनका अध्यक्ष विवेक राईलाई एक समारोहबीच हस्तान्तरण गरे ।
पार्टी केन्द्रीय अध्यक्ष असोक राईले समेत सो सहयोगका बारेमा सामाजिक संजालमार्फत उल्लेख गरेका छन् ।
अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा यही पुष १ गतेदेखि ३ गतेसम्म चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री