विश्व नेपाली साहित्य महासङ्घको म्यानमारमा शाखा

काठमाडौं । नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मार शाखा गठन भएको छ ।

राजधानी याङ्गुनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना), महासचिवमा मोहनराज खनाल (याङ्गुन), सचिवमा सेरु थापा(मोगोक), सहसचिवमा रदीप खराल (मोगोक), कोषाध्यक्षमा देवेन्द्र रिजाल (माण्डले), निरीक्षकमा मोती गुरागाईं (याङ्गुन) र होमनाथ ढकाल (मिचिना) लाई चुनेको छ ।
शाखा समितिका संरक्षक मण्डलमा म्यान्मारका लागि नेपाली राजदुत पारस घिमिरे, श्रीमती प्रवीणा घिमिरे, ठाकुरप्रसाद गुरागाई, महानन्द भट्टराई र टेकनारायण रिमाल रहेका छन् ।
पुस्तौंदेखि नेपाली पहिचान बोकेका लाखौं म्यान्मालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउँदै आएका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रिय सञ्जाल साहित्य महासङ्घको म्यान्मार शाखा १७ औं मुलुकको २३ अौं शाखा बनेको महासङ्घका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री