खाडीकी नेपाली जलपरी

10822513_10203989135466345_1878182255_n
लन्डन । भिन्न भिन्न हुन्छन् मानिसका सौख, जागिरको रोजाइ पनि फरक फरक । कोही टेवल वर्कमा आनन्द लिन्छन् । कसैलाई आकाशमा उड्न रहर लाग्छ भने कोही समुद्रमा तैरिन रमाउंछन् । यिनै मध्ये समुद्रमा दिनचर्या बिताइरहने सुन्दरी हुन् नित्यासिंह ठकुरी । कुनै जमाना नेपालमा रेम्प र विज्ञापन मोडलिङमा रमाइरहेकी ति सुन्दरी अहिले खाडी मुलुक दुबईमा छिन् । खाडीका नेपाली महिला कामदार भन्नासाथ धेरैलाई उनीहरुको कष्टकर जीवन झल्को आउंछ । तर, त्यो दारुणिक अवस्था नित्याले कहिल्यै चाल पाइनन् । ‘जागिर र तलव सुविधा आफ्नो क्षमतामा पनि भर पर्छ’, उनी भन्छिन् ।

त्यहांको लाइभस्टाइल र आम्दानीबाट सन्तुष्ट रहेको नित्याले बताइन् । ‘करिब आठ वर्ष अवधिमा मैले होटल व्यवस्थापन, इभेन्ट म्यानेजमेन्ट, हस्पिटालिटी, फाइन डाइन, कष्टमर सर्भिस्, ककटेल बार टेण्डिङ, खाना तयारी आदिमा पोख्त हुनुलाई एउटा उपलब्धि मानेको छु’, जागिरबाट प्रसन्न छिन् उनी ।

निलकण्ठ १ धादिङ बजारकी नित्या सन् २००८ नोभेम्बर यता दुबईस्थित एउटा कम्पनीमार्फत क्लाउड ९ नामक पानी जहाजमा तैरिरहेकी छिन् सोल स्टेवार्डस् रुपमा । इन्टेरियरको सम्पूर्ण जिम्मेवारीदेखि शाही परिवार र भिभिआइपी गेष्टहरुको सत्कार अनि सेवा उनको दायित्वभित्र पर्छ ।

४० दशमलव ६ मिटर लामो र १८ नटिकल माइल प्रति घण्टा चल्ने उनी आवद्ध पानी जहाज दुबईबाट इटली, मोन्टेनेग्रो, क्रोएसिया, ग्रीस, टर्कीसम्म पुग्छ तर नित्या समरमा विदा मनाउन युरोपसम्म पुगेपनि उनको कर्मथलो भने दुबई जेवेल अली नै हो । जहाज मालिक दुबईवासी धनाढ्य भएकाले पनि नित्याले पारिवारिक वातावरणमा दुबईमै काम गरिरहेकी हुन् ।

सन् २००७ देखि २००९ सम्म साथीहरुको आग्रहमा मोडलिङ गरेकी उनी त्यसलाई व्यवसायिक भन्दा पनि सौखका रुपमा लिने बताउंछिन् ।

10836153_10203988960901981_550766639_n

10799767_10203988956661875_1068487282_n

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री