सोमबार, जेठ १३ २०७६ | Mon, May 27, 2019
नेपालको समय: १३:०८ | UK Time: 08:23

सशस्त्रका ६ एसएसपी बढुवा

विनेपाली
२०७१ पुष १७ गते १८:०३

काठमाडौं। सरकारले सशस्त्र प्रहरीका ६ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) लाई डिआइजी (नायब प्रहरी महानिरीक्षक) मा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुरजकुमार श्रेष्ठ, दुर्गाबहादुर कुँवर, अरविन्द धिताल, राजेश श्रेष्ठ, बाबुराम पाण्डे र रवि थापाको बढुवा निर्णय गरेको हो ।APF
सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझा एआइजीमा बढुवा तथा भीष्मकान्त अर्याल, महावीर गुरुङको अवकाशपछि डेढ महिनादेखि ६ पद रिक्त थियो । गृह मन्त्रालयले एक साताअघि नै बढुवाको सिफारिस सूची मन्त्रिपरिषदमा पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक