मलेसियामा ४० नेपाली दुई महिनादेखि अलपत्र

काठमाडौं। रोजगारीका सिलसिलामा मलेसिया पुगेका ४० नेपाली विगत दुई महिनादेखि अलपत्र परेका छन्। धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ती कामदारहरुले उद्धारका का लागि सरकारसँग आग्रह गरेको राष्ट्रिय समाचार समिति (रासस) ले जनाएको छ ।Malaysia

गत कात्तिक १९ गते काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका ४० जना नेपाली काम नपाएर मलेसियाको दामनसरा भन्ने ठाउँमा ५७ दिनदेखि भोकभोकै रहेको एक पीडितले बताएका छन्।

थापाले बुधबार बिहान रासससँग सम्पर्क गरी आफूसहित अलपत्र पर्नेहरुको अवस्था अत्यन्त नाजुक रहेको र उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरेका छन्।

“हामी करिब दुई महिनादेखि अर्काको देशमा काम नपाएर अलपत्र परेका छौँ, साथमा पैसा नहुँदा भोकभोकै बस्नुपरेको छ, हामी आएको मेनपावर कम्पनीमा खबर गर्दा कुनै प्रतिक्रिया दिँदैन, अब हामीले के गर्ने ?” थापाले भने।

सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीका एजेन्ट लोकबहादुर थापामार्फत मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीमा पुगेका उनीहरूलाई कम्पनीले काम नदिएको उनीहरूको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री