राप्रपा नेपालको रथ यात्रा काठमाडौंमा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देशका विभिन्न स्थानमा आयोजित रथयात्रा बिहीबार काठमाडौँमा प्रवेश गराएको छ।kamal thapa

यही पुस ९ गतेदेखि काकरभिट्टाबाट सुरु भएको सो रथयात्रा तराईका २२ जिल्ला तथा पहाडका आठ जिल्लामा यात्रा तथा सभा गरी यहाँ आइपुगेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।

पार्टीले नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै करिब दुई हजार किमिको सो यात्रा र यात्राका क्रममा विभिन्न स्थानमा स्थानीय जनतासँग अन्तर्क्रिया तथा सभा गरेको छ। भक्तपुरको दत्तात्रय तथा ललितपुरको कृष्णमन्दिर आसपास क्षेत्रमा शुक्रबार यात्रा गरी अपराह्न खुलामञ्चमा सभा गरेर पशुपतिनाथमा पुगेर रथयात्रा समापन हुने जनाइएको छ ।

यसैबीच सोही दलका केही असन्तुष्ट नेताले पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति विरोध गर्दै थानकोटमा आजै दिउँसो कालो झन्डा प्रदर्शन गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री