सर्वोच्चका न्यायाधीश बमको हत्यारा तीन वर्षपछि पक्राउ

काठमाडौं। नेपाल प्रहरीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न रहेको आरोपमा केहीलाई पक्राउ गरेको छ। हत्याको करिब तीन वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआइ) ले हत्या रहस्य सुल्झाउँदै पक्राउ गरेको हो ।

स्रोतका अनुसार पक्राउ पर्नेमा चुरेभावर राष्ट्रिय पार्टीका सानुबाबु थापालगायतलाई पक्राउ गरेको नागरिक न्युजले जनाएको छ। तीन वर्षअगाडि बंगलामुखी मन्दिर पुजा गरी फर्किने क्रममा युएन पार्कनजिकै मोटरसाइकल सवार व्यक्तिले आक्रमण गरेको थियो ।bam-hatya10

सो हत्याको अनुसन्धानको लागि उच्चस्तरीय समिति बनाई अनुसन्धान गरे पनि हत्या रहस्य पहिल्याउन प्रहरी सफल हुन सकेको थिएन। स्रोतका अनुसार प्रहरीले घटनामा संलग्न देखिएका अधिकांशलाई पक्राउ गरिसकेको छ। आजै प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी बम हत्याको विवरण सार्वजनिक गर्ने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री