साहित्य विकास परिषदको विभिन्न साहित्यिक योजना सार्वजनिक

image5

लन्डन । साहित्य विकास परिषद यूकेको भर्खरै निर्बाचित ९ औं कार्य समितिको प्रथम पूर्ण बैठक परिषद्का अध्यक्ष सुरेशजंग शाहको सभापतित्वमा विभिन्न साहित्यिक कार्यक्रम अघि सार्दै सम्पन्न भएको छ ।
एक्टनस्थित एबिआइ कलेजमा सम्पन्न बैठकले NLDC नेपाली साहित्य पुरस्कार छनौटका लागि परिषद्का उपाध्यक्ष आचार्य दुर्गा प्रसाद पोखरेलको संयोजकत्वमा निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली, उपाध्यक्ष बाचस्पति रेग्मी, कार्यकारिणी सदस्यहरु डा. मिन रानाभाट र कार्यकारिणी सदस्य केशव पुडाशैनी सदस्य रहेको ५ सदस्यीय पुरस्कार छनौट मुल्यांकन समिति गठन गरेको छ । परिषदले २०१४ भरि र  अप्रिल २०१५ सम्म बेलायतबाट प्रकाशित भएका साहित्यिक रचनाहरु मूल्यांकनका लागि परिषदमा पठाउन सम्पूर्ण सर्जकहरुलाई आव्हान गरेको छ ।

त्यसैगरी परिषद्को वरिष्ठ कार्यालय प्रमुखमा सनम बैरागलाई मनोनयन गरिएको छ भने नेपाल बेलायतको २०० औं कुटनीतिक सम्बन्ध वर्ष गांठको अवसरमा लाली गुरास साहित्यिक पत्रिकालाई स्मारिकाको रुपमा प्रकाशन गरि नेपाली दूतावाससंग सहकार्य गरि एक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । परिषद्का वरिष्ठ  सल्लाहकार डा.राघब प्रसाद धितालको संयोजकत्वमा परिषद्का निबर्तमान अध्यक्ष खगेन्द्र नेपाली, पूर्व अध्यक्ष हरिसिंह थापा र परिषद्का सल्लाहकार महन्त श्रेष्ठ उप संयोजक र परिषद्का पदाधिकारीहरु सदस्य रहेको २०० औं कुटनीतिक सम्बन्ध उत्सव उपसमिति पनि गठन गर्दै सदस्य सचिवमा उपाध्यक्ष दुर्गा पोखरेललाई तोकेको छ ।
त्यसै गरि परिषदको बैठकले सल्लाहकार समितिमा डा.राघबप्रसाद धिताल OBE लाई संयोजक तोकी अन्य सल्लाहकारहरुमा हरिसिंह थापा, खगेन्द्र नेपाली, महन्त बहादुर श्रेष्ठ, मदन थापा, घन बहादुर थापा मगर, राजु विक्रम थापा र कृष्ण भट्टलाई मनोनयन गरि सल्लाहकार समितिलाई पूर्णता दिएको छ ।

परिषद्  बैठकले विभिन्न विभागहरु गठन समेत गरि कार्यक्षेत्र तोकेको छ जस अनुसार संयोजन,सम्पादन, प्रकाशन र सम्मान सत्कार बिभागमा प्रमुख बरिस्ट सह अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ललाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्यहरु रिता गौतम, कृष्ण जंग शाह र प्रकाश बिक्रम शिंह रहेका छन् । त्यसैगरी प्रकाशन प्रबन्ध तथा जन सम्पर्क विभाग प्रमुख सहअध्यक्ष ध्रुब केसीलाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्यहरु हरि केसी र मोतिराज भण्डारी छन् भने साहित्य श्रोत तथा श्रब्य दृश्य उत्पादन विभागमा सह अध्यक्ष गोपाल पौड्याललाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्यहरु डा. मिन रानाभाट, एभरेस्ट गौतम, मनोज अन्जान, अभिमन्यु बैराग र बरिस्ट कार्यालय प्रमुख सनम बैराग छन् । त्यसैगरी प्रशासन प्रबन्ध विभागमा उपाध्यक्ष वीरेन्द्र कुंवरलाई प्रमुख तोकिएको छ भने सृजना श्रोत (कथा, उपन्यास) विभाग प्रमुखमा उपाध्यक्ष गोकुल भण्डारीलाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य रमेश लामा रहेका छन् । त्यसै गरि काब्य श्रोत (कविता, गित, गजल, मुक्तक, हाइकु) विभागमा उपाध्यक्ष रेशम अर्याललाई प्रमुख तोकी मातहतमा र कार्यकारिणी सदस्यहरु नबराज घिमिरे र मनोज अन्जान छन् भने पुस्तक निरुपण विभागमा उपाध्यक्ष दुर्गा पोखरेललाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य जगन्नाथ अधिकारीलाई राखिएको छ ।

त्यसैगरी साहित्य समिक्षा विभाग प्रमुखमा उपाध्यक्ष बाचस्पति रेग्मीलाई प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य केशब पुडाशैनीलाई तोकेको छ  । प्रशासन तथा आन्तरिक मुल्यांकन बिभाग अध्यक्ष सुरेश जंग शाह र मातहतमा महासचिब डा. सुधा श्रेष्ठ अन्तर्गत राखिएको छ भने आर्थिक विभागमा कोषाध्यक्ष दौलत कुमार राई अन्तर्गत राखिएको छ । त्यसैगरी बैठकले परिषद्को दैनिक कार्य संचालनका लागि अध्यक्ष सुरेशजंग शाहको संयोजकत्वमा ९ सदस्यीय सचिबलाय समिति गठन गरेकोछ अन्य सचिबलाय सदस्यहरुमा हरि सिंह थापा ,कोमल प्रसाद श्रेष्ठ मल्ल, गोपाल पौड्याल, बाचस्पति रेग्मी, डा. सुधा श्रेष्ठ, दौलत कुमार राई, मनोज अन्जान र केशब पुडाशैनी रहेका छन् ।

त्यसैगरी बैठकले NLDC गोल्ड मेडल पुरस्कार २०१५, NLDC साहित्य पुरस्कार २०१५  वितरण, लाली गुरांस नेपाल बेलायत २००औ कुटनीतिक सम्बन्ध वर्ष गांठ स्मारिका प्रकाशन,साहित्य श्रब्य दृश्य सामग्री उत्पादन र यूके ब्यापी साहित्य सम्मेलन लगायतका १४ वटा बार्षिक कार्यक्रमको कार्यतालिका अघि सारेको छ । परिषद्को पूर्ण बैठकमा परिषद्का कार्यकारिणीहरु र सल्लाहकारहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री