न्यायाधीश बम हत्याका आरोपी मगर पक्रन इन्टरपोलमा सूचना

काठमाडौं । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न देखिएका सञ्जय एस्माली मगरविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।
एक महिनादेखि साउदी अरबमा रहेका मगरलाई पक्राउ गरी नेपाल ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा नेपालमा रहेको इन्टरपोल शाखाले मंगलबार डिफ्युजन नोटिस जारी गरेको हो। अपराधमा संलग्न देखिएको, तर अदालतबाट पक्राउ आदेश नआएको अवस्थामा विदेशमा रहेका नेपालीविरुद्ध इन्टरपोलले यस्तो नोटिस जारी गर्छ । तत्कालिन न्यायाधीश बमको हत्याका प्रमुख योजनाकार सर्लाहीका बाबु थापासहित ४ जनालाई पक्राउ गरेको छ। सो घटना भएको २७ महिना भन्दा बढी भएको छ।Sanjay_

२०६९ जेठ १८ गते बमलाई राजधानीको शंखमूलमा गोली हानेर हत्या गरिएको थियो । प्रहरी अनुसन्धानअनुसार बममाथि मगरले गोली प्रहार गरेका थिए ।
यसैबीच न्यायाधीश बमको हत्यामा प्रयोग भएको शंकामा प्रहरीले दुइटा पेस्तोल परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाएको छ  पक्राउ परेका थापाको बयानका आधारमा ब्युरोले ललितपुर र पोखराबाट पेस्तोल ल्याएको हो। दुवै पेस्तोल हातहतियार तथा खरखजना अभियोगमा पक्राउ परेका अभियुक्तहरूले प्रयोग गरेका थिए। प्रहरीले घटनामा प्रयोग भएको हो वा होइन भन्ने बारेमा दुवै पेस्तोलको परीक्षण भइरहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री