बिहीबार, असोज २ २०७६ | Thu, September 19, 2019
नेपालको समय: १२:२० | UK Time: 07:35

छोरी बलात्कार गर्ने बाबुलाई १८ वर्ष कैद

विनेपाली
२०७१ पुष २२ गते १९:१३

काठमाडौं। जिल्ला अदालत काभ्रेपलाञ्चोकले आज छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष कैद र  दुई लाख रुपैयाको क्षतिपूर्तिको फैसला सुनाएको छ । अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले पनौती नगरपालिका–३ का ४१ वर्षीय प्रकाश कार्कीलाई मुलुकी ऐन जर्बजस्ती करणी महलको ३ (४) र ४ नम्बर बमोजिम आठ वर्ष र जर्बजस्ती करणी २ नं र हाडनाता करणीको १ नम्बरबमोजिम थप १० वर्षसहित १८ वर्ष कैदको फैसला भएको हो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पीडितले गत असोज २ गते जर्बजस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरेकी थिइन्।     Rape-Sketchप्रहरीले बलात्कारको घटनामा कार्कीलाई पक्राउ गरेपछि पीडितका हजुरबाबुले घटना बाहिर आउने डरले आत्महत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक