२३ एसपीको बढुवा सिफारिस

काठमाडौं। बढुवा सिफारिस समितिले नेपाल प्रहरीमा रिक्त २३ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि एसपीको नाम सिफारिस गरेको छ । बुधबार बसेको समितिको बैठकले २३ जनाको नाम सिफारिस गरेको हो ।Police_Logo
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार कृष्णप्रसाद गौतम, विक्रम थापा, भुपालकुमार भण्डारी, रविन्द्रप्रसाद शर्मा, प्रेम चन्द, श्याम खड्का, दीपककुमार थापा, गुप्तबहादुर श्रेष्ठ, विष्णुहरि गौतम, सुरेशविक्रम शाह, महेशविक्रम शाह, ठूले राई, दिनेश अमात्य, केदार रिजाल, नारायणसिंह खड्का, कमलकुमार जिटी, शेरबहादुर बस्नेत, दानसिंह बोहरा, पिताम्बर अधिकारी, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ, सुरज केसी र महेन्द्रकुमार पोखरेल एसएसपीका लागी सिफारिस भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री