अनेसास चौथो अन्तरराष्ट्रिय सम्मेलन जापानमा हुने

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको चौथो अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन जापानमा हुने भएको छ । समाजका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी मोति जयन्तिको अवसर पारेर गरिने उक्त सम्मेलनका लागि जापानमा पूर्व तयारीहरू सुरु गरिएको समाजका उपाध्यक्ष प्रकाश पौडेल माइलाले बताएका छन् । कार्यक्रममा जापानमा रहेका नेपाली साहित्यकार अलावा नेपाल, भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानाडा लगायतका देश तथा महादेशीय प्रतिनिधिको सहभागिता रहने अपेक्षा छ ।

सन् २००९ मा अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चात सन् २०११ मा बेलायत र सन् २०१३ मा अमेरिकाको डिसीमा क्रमश: दोश्रो र तेश्रो सम्मेलन सम्पन्न भइसकेका छन् ।

बिगतका कार्यक्रमहरूबाट बटुलेको अनुभवले आगामी सम्मेलन शिष्ट र विशिष्ट बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी भइरहेको जानकारी दिदै समाजका महासचिव गोवर्धन पूजाले सम्मेलनले नेपाली भाषा र साहित्यका क्षेत्रमा केही ठोस योगदान दिने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री