सबै चीजको भाउ बढ्दा सोलुबाट काठमाडौं जाने बसभाडा भने घट्दै

सोलुखुम्बु । नेपालमा अरु सबैचीजको भाउ बढिरहेको बेलामा सोलुखुम्बुको दूधकुण्ड नगरपालिकादेखि काठमाडौँसम्म सिधा सञ्चालनमा रहेको सवारी साधनमा भाडादर घटाउने होड नै चलेको छ ।

केही दिनयता उदयपुर र ओखलढुङ्गा जोड्ने सुनकोसी नदीको पुल सञ्चालनमा आएसँगै राजधानी जाने तथा आउने भाडामा विभिन्न यातायात व्यवसायीहरुले दिनहुँजसो भाडा घटाउन थालेपछि यात्रुलाई भने फाइदा भएको छ ।

भर्खरैमात्र सेवा सुरु गरेको सल्लेरी यातायात सेवा समितिले सोलुखुम्बु काठमाडौँसम्म रु एक हजार ८०० भाडा कायम गरेको भए पनि दूधकुण्ड यातायात व्यवसायी सङ्घले रु एक हजार ५०० मा सेवा दिन थालेको छ ।

पछिल्लो समयमा सोलु काठमाडौँको रुटमा करिब आधा दर्जन यातायात व्यवसायी सङ्घले सेवा दिइरहेका छन् । सिटी भिलेज यातायात सेवा समिति, दूधकुण्ड यातायात व्यवसायी सङ्घ, सल्लेरी यातायात, हिमगङ्गा यातायात, हलेसी यातायातलगायतका यातायात सङ्घ समितिहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री