चार्ली हेब्डो आक्रमणको विरोध

काठमाडौं। फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको आक्रमण र पत्रकारको हत्याको विरोध गर्दै काठमाडौंमा नेपाल पत्रकार महासंघले कार्यक्रम आयोजना गरेको छ। बसन्तपुर डबलीमा भएको कार्यक्रममा सञ्चारकर्मीहरुले मैनवत्ति बाल्दै सो घटनाको विरोध  र अभिब्यक्ति स्वतन्त्रताको समर्थन गरे । सञ्चारकर्मीहरुले फ्रान्समा केही दशकपछि भएको ठूलो आतंकवादी आक्रमणको विरोध जनाएका छन्।10931577_10152549929976960_9010903108850134944_o

कार्यक्रममा कार्टुनिष्ट अबिनले कार्टुन निर्माण गरेर बन्दुकले अभिव्यक्तिलाई रोक्न नसक्ने भन्दै आक्रमणको निन्दा गरेका छन्। उनको कार्टुनमा एउटा कलम भाँचिदैमा हजारौ कलम जन्मने अभिव्यक्ति रहेको थियो।

10915248_10204541590952465_7384125525890537232_n  10931545_10204541592432502_7210710893345018905_n पत्रिकाको कार्यलयमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो। संदिग्घ इस्लामिक अतिवादीहरुले आक्रमण गरेका थिए। शुक्रबार दिउँसो प्रहरीको कारवाहीमा दुवै संदिग्घ आक्रमणकारी मारिएका थिए। सो घटनाको फ्रान्ससहित विश्वभर विरोध भएको छ। काठमाडौंमा भएको विरोध कार्यक्रमक केही तस्विर।

10860828_10152549930166960_5863202490896473187_o

10923283_10204541593792536_8714805073270852569_n

 

10887224_10152549928401960_6081157401669472259_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री