बेलायतका माओवादी एक भए

एकीकरण भेलाका सहभागी । तस्विरः मचरा गोर्खाली

एकीकरण भेलाका सहभागी । तस्विरः मचरा गोर्खाली

लन्डन । नेपालमा माउ पार्टी फुट्ने श्रृंखला बढिरहेकै बेला बेलायतस्थित माओवादी भने एक भएका छन् । यहांस्थित नेकपा माओवादी र एकीकृत माओवादीबीच गत ११ जनवरीमा लन्डन ह्यारोमा सम्पन्न भेलाले नेपाली जनएकता समाज यूके नामाकरणसहित एकीकरण गरेको हो । एकीकरणको औपचारिक घोषणा छिट्टै हुंदैछ । विदेशमा आइसकेपछि फुटेर भन्दा जुटेर देश निर्माण र आफ्नो पार्टीलाई एकीकरणको बाटोतर्फ अभिप्रेरित गर्न यस्तो पहल गरिएको जनाइएको छ ।

उक्त एकीकृत संगठनको अध्यक्षमा पूर्ण लोक्सम र सचिवमा सुरेन्द्र श्रेष्ठ छानिएको माओवादी श्रोतले उल्लेख गरेको छ । लोक्सम बैद्य र श्रेष्ठ प्रचण्ड समूह नेतृत्वमा थिए । सहमति अनुसार, चक्रीय प्रणालीमा लोक्समले ६ महिना र श्रेष्ठले बांकी ६ महिना अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । हाल उक्त कमिटी २५ सदस्यीय छ जसमा यसअघि विभाजित वैद्य र प्रचण्ड माओवादी सम्वद्ध जिल्लास्तरिय प्रमुख नेताहरुको सहभागिता छ ।

एकता अभियान संसारभर चलाउने श्रोतले उल्लेख गरेको छ । उनीहरुको समृद्ध नेपाल बनाउने सम्वन्धमा छिट्टै एउटा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्ने तयारी छ । साथै, यही शुक्रवार पहिचानसहितको अग्रगामी संविधान बनाउन दवाव दिने उद्देश्यले लन्डनस्थित नेपाली दूतावासमार्फत ज्ञापन बुझाउने कार्यक्रम तय भएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री