युगाण्डामा दिवंगत नेपाली सेफको दाहसंस्कार सम्पन्न

khatri

लण्डन । युगान्डामा असामयिक निधन भएको दान बहादुर खत्रीको हिन्दु रितिरिवाज अनुसार सोमबार दाहसंस्कार गरिएको छ ।

गैर आवासीय नेपाली संघ, युगान्डाको सक्रियतामा सम्पन्न दाहसंस्कारमा मृतकका भिनाजु मुक्तबहादुर क्षेत्रीले दागबात्ति दिएका थिए । दाहसँस्कारमा करिब ४० नेपालीको उपास्थिति रहेको थियो भने भारतीय, अफ्रिकन पनि सहभागी थिए । कमौली, युगान्डा हिन्दु मन्दिरमा कार्यरत स्यांग्जा निवासी पण्डित सगुन पंगेनीले विधिवत रुपमा संस्कार सम्पन्न गराएका थिए ।

खत्री खाना खजाना रेस्टुरेन्ट कोलोलो कम्पालामा कार्यरत थिए । अचानक सिकिस्त बिरामी परेका खत्रीलाई स्थानिय नोर्विक अस्पतालमा भर्ना गरिएको थियो । सोमबार होस खुलेपछि डाक्टरको सल्लाहअनुसार मुलागो अस्पताल लागिएको थियो । दुवै मिर्गौला र फोक्सोले काम नगरेको कारण खत्रीलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

खत्रीको दाहसँस्कार गर्नमा गैर आवासीय नेपाली संघ, युगान्डाका अध्यक्ष रमेश कंडेल, अन्तर्राष्ट्रिय समन्वय परिषद सदश्य जीवनाथ पंगेनी, उपाध्यक्ष इश्वरी बश्याल , सदस्य भानु भण्डारी, गिरि राज अर्याल, यातिन पटेल , खाना खजाना स्टाफ जग बहादुर काउछा, लोक बहादुर, बालकृष्ण, प्रेम बहादुर लगायतको विशेष सक्रियता रहेको थियो ।

युगान्डामा दाहसंस्कार यहाँ गरिए पनि उनको अस्तु भने नेपाल नै पठाइने बताएको छ ।

एनअारएन अध्यक्ष कँडेलले खत्रीको दाहसँस्कार कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री