कमरेड के.पी.ओलीलाई स्यालुट

10912944_10153031847461197_1047686901_n

मलाई थाहा छैन् माघ ८ मा संविधान बन्छ बन्दैन । तर, कमरेड के.पी. ओली बाँचेसम्म नेपालले मागेको, खोजेको संविधान बन्न सक्छ । सर्वप्रथम म तपाई के.पी. ओलीलाई बधाई दिन चाहन्छु । जसले लथालिङ्ग रुपमा रहेको पार्टीलाई एकवद्ध बनाएर लैजानु भएको छ । यसमा क. भिम रावललाई समेत धन्यवाद !
अब म आज भोलि चर्चाको शिखरमा रहनुभएका क. के.पी. ओलीबारे केही लेख्न चाहन्छु । जसले राष्ट्रको गरिव जनताका लागि नाबालक उमेर पार गर्ने बित्तिकै १६,१७ वर्ष जेल, कति कुटाई, कति गोल घरमा पिटाइ खाए, जसको कारणले आज उनी किड्नी फेरेर बसेका छन्, उ चाँही 
राष्ट्रवादी, परिवर्तनकारी, अग्रगामी नहुने ?  २५ वर्ष अगाडि नेपालको बोर्डरमा आएर बस्ने राजेन्द्र महतो राष्ट्रवादी, परिवर्तनकारी, अग्रगामी हुने अनि त्यसैलाई बोकेर हिंड्ने क. प्रचण्ड पनि राष्ट्रवादी परिवर्तनकारी ?

खुःसी छु यो अर्थमा कि आज क. के.पी. ओलीको उचाईं नेपाली राजनीतिमा बढ्दै गएको पत्रपत्रिकामा पढ्न पाइएको छ । के.पी. मन पर्दैनथ्यो भन्नेले उहांको अडान मन पर्यो भन्न थाले । यो लहर त अब नेपालमा आइरहन्छ किनभने सबै मधेशवादीले ओलीलाई मन नपराएको होइन । उहांलाई सबैले मन नपराएको भए त अध्यक्ष जित्न पनि त सम्भव थिएन । धेरै मधेसवादी जनता उहांको पक्षमा पनि छन् जो देशलाई टुक्र्याउन चाहंदैनन् । राजेन्द्र महत्तो लाइनका लागि त किन मन पर्छ नेपाली जनतालाई । जो देश टुक्र्याउन चाहन्छन्, जात, जातिमा लडार्इं गराउन चाहन्छन् । अनि श्रीमतीलाई नेता बनाउन चाहन्छन्, अर्को गल्फ्रेण्डलाई सभासद बनाउन चाहन्छन् र कोही पैसा लिएर सभासद बनाउन चाहन्छन् । जो के.पी. ओलीको सफा राजनीतिको अगाडि एक मिनेट पनि टिक्न सक्दैनन् । के.पी. कमरेडको स्पष्ट र खरो अडान नै मन पर्छ नेपाली जनतालाई ।

क. के.पी.को त्यही उद्गार त कर्णप्रिय छ – म बाँचे सम्म देश टुक्र्याउन दिन्न अनि म देश भन्दा ठूलो होइन । म एक दिन क. के.पी. को ७/८ वर्ष पहिला एउटा कार्यक्रममा पुगेको थिएं । जहाँ एउटा प्रश्नको जवाफमा उनले भनेको  शब्द, झापाली हुँ म मेरो तर्फबाट तपाईहरुको शिर कहिल्यै झुक्न दिन्न । मलाई गर्व छ तपाईं झापाली अनि म झापाली हुनुमा ।
क. के.पी. ओलीले माफी माग्नुपर्ने कुरा पनि आएको छ । किन माग्ने माफी ? १. संविधान बनाउन दिन्न भन्नेहरुसंग डराएर ? २. नेपालको शिर झुक्न दिन्न भने भनेर ? ३. वार्ता नगरि हिंडे भनेर ?
 ४. ए.ने.क.पा. माओवादी मधेशीमोर्चा संग छ भनेर ?

अन्त्यमा प्रचण्डलाई पनि मेरो सल्लाहः
….को न्यानो एक छिन भनेको थाहा छैन् भने मधेशी मोर्चासंग आफ्नो स्वार्थको लागि साठगाँठ गरेर देशलाई टुक्रा पार्ने प्रयास गरेमा केहीसमय पछि हरेक नेपालीले तपाईंलाई सराप्ने छन् । पार्टीको त ठाउँ रहँदैन । हिजोको त्यत्रो पार्टी आज कमल थापाको रा.प्र.पा. नेपाल जत्रै भयो । पहाडमा कमल थापाको अलिक बढि आएको भए त बराबरै हुने थियो । त्यसैले सोच्नुस्, आफू तल परेर भएपनि देशलाई माथि राख्नोस् ।
मोर्चा कस्तो छ ? मोर्चामा ५, ६ पार्टी बाहेक अरु पार्टीमा दुई सय पनि मान्छे छैनन् त्यस्तो मोर्चाको धाक दिएर अरुलाई थर्काउने ? जनादेश ल्याएर थर्काउने नि बरु ।
अन्त्यमा, मधेशवादी पार्टीलाई त म केही भन्दिन किनभने १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा हाले पनि उस्ताको उस्तै । मधेशी जनताको पक्षमा भए त चार वर्ष शासन गर्दा मधेशी जनताले दिएको पहिलाको मत कहाँ गयो ? त्यसैले को मधेसी को पहाडी होइन, हामी नेपाली हौँ ।
अझ अन्त्यमा, के.पी. कामरेड तपाईं अगाडि बढ्नोस् । हर कदममा हामी जनता तपाईंको साथमा छौं । तपाईं हरेक नेपाली र नेपालको आदर्श व्यक्ति बन्नुहोस् ।

यी लेखकका निजी विचार हुन् (सं)

प्रतिक्रिया

सम्बन्धित सामाग्री