डिभिजन टु क्रिकेट: नेपाललाई १ सय ४७ रनको लक्ष्य

काठमाडौं। नामिबियामा जारी आइसिसि डिभिजन टु लिग क्रिकेटमा युगान्डाले नेपाल सामु १ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको युगान्डा निर्धारित ५० ओभरको खेलमा एक बल बाँकी छँदै १ सय ४६ रनमा अल आउट भएको छ। नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरेका थिए।Parash_K

९ ओभर बलिङ गरेका उनले १३ रन खर्चेर तीन विकेट लिए। त्यसमा तीन ओभर मेडर थियो। १० ओभर चौथो बलमा खड्काले युगान्डाका ओपरन रोजर मुसाकालाई आउट गर्दै नेपालका लागि पहिलो विकेट लिएका थिए। त्यसैगरी बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै २ मेडर राखेर १० रन दिएर २ विकेट लिए भने सोमपाल कामीले ९ ओभर ५ बल बलिङ गर्दै ३१ रन दिएर दुई विकेट लिए। शक्ति गौचनले एक एक विकेट लिए। युगान्डाका दुई खेलाडी रन आउट भए। युगान्डाका लागि ब्रायन मासाबाले सबैभन्दा बढी ४३ रन बनाएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री