संविधानमा तत्काल सहमति गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं। नयाँ सविधानको अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति बन्न नसकेपछि राष्ट्रपति रामवरण यादवले दलीय सहमतिमा तत्काल संविधान निर्माण गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्। शतिल निवासमा भएको भेटमा राष्ट्रपति यादवले दलीय प्रतिवद्धता अनुसार नयाँ संविधान जारी गर्ने माघ ८ को समयसिमा नजिकदै गर्दा सत्ता साझेदार कांग्रेस – नेकपा (एमाले) र एकीकृत माओवादी – मधेस केन्द्रित दलका नेतालाई छुट्टा छुट्टै भेट गर्दै समयमा संविधान ल्याउन झक्झक्याएका हुन्।Rambaran Yadav

सत्ता साझेदार कांग्रेस–एमालेसँग अपहान ४ बजे र एकीकृत माओवादीसहित मधेस केन्द्रित दलसँग साझ ६ बजे शीतल निवास बोलाएका राष्ट्रपतिले संविधान निर्माण प्रक्रिया अनन्तकालसम्म नलब्याउन आग्रह गरे । सहमति गर्न र संविधान निर्माण कार्यलाई नलम्ब्याउन उनले आग्रह गरेका हुन्।

राष्ट्रपति यादवले कांग्रेस–एमाले र माओवादीसहित मधेस केन्द्रित दलका शीर्ष नेतालाई अन्तरिम संविधानको मर्म र भावना अनुसार अघि बढ्न पनि सम्झाएका थिए। भेटमा संलग्न कांग्रेस, एमालेका नेताहरुले एकीकृत माओवादी र मधेशी दलहरु सहमतिका लागि लचिलो नबनेको  बताएका थिए। माओवादी र मधेशी दलहरुले भने कांग्रेस, एमालेले विगतको सहमति लत्याएका कारण संविधान बन्न नसकेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री