सहमति नभए आइतबार प्रश्नावली समिति

काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा आइतबारसम्म सहमति बन्न नसके प्रश्नावली समिति गठन गरिने भएको छ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुले माग गरे अनुसार आइतबारसम्मको सहमति नभए प्रक्रिया अघि बढाउन प्रश्नावली समिति गठन गर्न तयारी गरेका हुन्। सो समितिले संविधानसभाको पूर्ण बैठकमा मतदान गर्नका लागि आवश्यक पर्ने प्रश्नहरु तयार पार्नेछ। त्यसअघि नेम्वाङले आइतबार नै दुई चरणमा दलहरुको बैठक राख्ने छन्। CA-buildingछलफल सकिएपछि नेम्बाङले प्रश्नावली समितिमा बस्ने सभासद्को नाम दलहरूसँग माग्ने तयारी गरेका छन्। संविधानसभामा दलहरूको उपस्थितिको अनुपातअनुसार समितिमा प्रतिनिधित्व हुनेछ।

‘सहमति भएन भने के निर्णय गर्ने भन्नेमा सचिवालय तयारी अवस्थामा छ’, स्रोतले भन्यो। प्रश्नावली समिति ७० सदस्यीयभन्दा ठूलो हुने अनुमान छ। समितिलाई केही दिन समय दिएर विवादित विषयको प्रश्नावली बनाएर सभामा पेस गर्न जिम्मा दिइनेछ।

सभाध्यक्ष नेम्बाङले कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताबीच शनिबार पनि छलफल गराएर सहमति जुटाउने प्रयास गरे पनि सार्थक उपलब्धि भने भएन ।चार पक्षबीच बिहान र दिउँसो गरी दुई चरणमा छलफल भएको थियो। ‘सहमतिबाहेक अर्को कुरा नसोच्ने, राति सपना पनि सहमतिकै देख्ने भनेर नेताहरू उठेका छन्’, स्रोतले भन्यो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री