डिभिजन टु क्रिकेट: बलियो नेदरल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । नामिबियामा जारी आइसिसि डिभिजन टू लिग क्रिकेटमा आइतबार दोस्रो खेल नेपालले नेदरल्याण्डसँग खेल्नेछ। पहिलो खेलमा युगाण्डासँग २ रनले पराजित भएपछि शीर्ष दुईमा पर्ने संभावना कामय राख्नका लागि नेपालमाथि जित्नै पर्ने दवाव छ। नेदरल्यान्डले भने क्यानडालाई पराजित गर्दै गतिलो शुरुवात गरेको छ।Paras_Khadka

नेदरल्याण्डले शनिबार क्यानडाविरुद्ध २५१ रन बनाएको थियो। क्यानडा १ सय ९४ रनमा अल आउट भएको थियो। जवकी नेपालको मध्यक्रमका व्याट्सम्यानहरु चल्न नसक्दा युगाण्डाले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पनि भेट्टाउन सकेन। नेपालले १ सय ४४ रन मात्रै बनाउन सक्यो।

राउन रोबिनको आधारमा सञ्चालित प्रतियोगिताको शनिबारको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेको छ। युगान्डा र नामिबिया, क्यानडा र केन्याबीच आइतबार खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री