नेपाललाई १ सय ५९ रनको लक्ष्य

काठमाडौं। बलरहरुले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसी डिभिजन टु लिग क्रिकेटमा नेदरल्यान्डले नेपाल सामु १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिलो खेलमा पराजित भएको नेपालमाथि दोस्रो खेल जित्नै पर्ने दवाव छ।Parash_K

नामिबियामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डले ४९ ओभर ५ बलमा अल आउट हुँदै १ सय ५८ रन बनायो। नेपालका लागि कप्तान पारस खड्का, सोमपाल कामी, शक्ति गौचन, बसन्त रेग्मीले २–२ विकेट लिए। नेदरल्यान्डका २ खेलाडी रन आउट भए।

नेदरल्यान्डका लागि मिचेल रिप्पोनले ५३ रनको पारी खेले। उनले ओपनर स्टेफनस मिवुर्गसँग मिलेर छैठौ विकेटका लागि ५० रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री