बेलायती संसदमा ब्रिगेड अफ गोर्खाजको टोली

लण्डन । ब्रिगेड अफ गोरखाज हेडक्वार्टरको टोलीले बेलायती संसदको भ्रमण गरेको छ ।
सर्वदलीय सैन्यसम्बन्धी संसदीय समूहका संस्थापक तथा अध्यक्ष सांसद जेम्स ग्रेको निमन्त्रणामा उनीहरु मंगलबार संसद अवलोकनका लागि गएका थिए ।
गोरखा ब्रिगेड एसोसिएसनको अनुसार १५ सदस्सीय सो टोलीलाई बेलायती संसदमा पथप्रदर्शकहरुले घुमाएका थिए । सांसदहरु जेम्स ग्रे र रविन वाल्कर तथा संयुक्त राष्ट्रसंघका पूर्व बोस्निया कमाण्डर कर्णेल रोवर्ट अलेक्जाण्डर स्टुवार्टसित ब्रिगेड अफ गोरखाजको टोलीले विभिन्न विषयमा छलफल पनि गरेको थियो ।
कर्णेल जेम्स रोबिन्सनको नेतृत्वको टोलीलाई इम्पेरियल वार म्युजिम पनि घुमाइएको थियो ।

सबै तस्वीरहरु ः गोरखा ब्रिगेड एसाेसिएसन

Gurkha at parliament

gurkha at parliament 1

Gurkha at parliament 2

प्रतिक्रिया

सम्बन्धित सामाग्री