नेपाल ‘डिभिजन टु’ मै रोकियो

काठमाडौं। नेपाल आइसीसी डिभिजन वानमा पुग्न असफल भएको छ। नामिबियामा शुक्रबार भएको खेलमा नेपालको अनुकुल परिणाम आएन। नेपाल केन्यासँग ५ विकेटले पराजित भयो भने नेदरल्यान्डले युगान्डालाई ठूलो अन्तरले पराजित गर्‌यो।gyanu

लिग चरणको अन्तिम खेलमा नेपाल केन्यासँग पराजित भएको छ। युगान्डासँग पहिलो खेलमा पराजित भएको नेपाल त्यसपछि लगातार तीन खेलमा जित हात पारेको थियो। डिभिजन एकमा पुग्न केन्यालाई हराउनैपर्ने बाध्यता नेपाललाई परेपनि ५ विकेटले पराजित भयो। नेदरल्यान्डले युगान्डाले प्रस्तुतरमा  गरेको ८० रनको लक्ष्य ६ ओभर ३ बलमै पुरा गरेर नेट रन रेटमा व्यापक सुधार गर्‌यो। नेपालको नेदरल्यान्डको समान ६-६ अंक भएपनि नेट रन रेटको अाधारमा डिभिजन वानमा पुगेको हो।

टस हारेर प्रतियोगितामा पहिलोपटक सुरुवाति ब्याटिङ गरेको नेपालले १ बल अगाडि सबै विकेट गुमाएर १ सय ९५ रनको लक्ष्य केन्यासामु प्रस्तुत गरेको थियो। खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अविजिति ९१ रनको योगदान दिए पनि बलरहरु जम्न नसक्दा नेपाल पराजित हुँदै डिभिजन २ मै सिमित हुन पुग्यो। नेपालको शुरुवात राम्रो हुन सकेन । नेपाल तीन ब्याट्सम्यान शुरुमै आउट भए।

केन्याले ३५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो। केन्याका लागि इरफान करिमले सर्वाधिक ७५ रन बनाए। केन्याका लागि राकेपटेलले ५६ र एलेक्स ओबान्डाले ४५ रन बनाए। प्रतियोगिताको तेस्रो स्थानका लागि शनिबार केन्यासँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड र नामिबिया डिभिजन वानमा प्रवेश गरेका छन् भने क्यानडा र युगान्डा रेलिगेसनमा परेर डिभिजन थ्रीमा झरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री