लन्डनमा सोनाम (लुक) ल्होछार मनाइंदै

IMG_4596

लन्डन । तामाङ सामाज यूकेले तामाङ जातीको महान सांस्कृतिक पर्व एवं नयां वर्ष २८५१ सोनाम (लुक) ल्होछार मनाउने तयारी गरेको छ । भोलि आइतबार (२५ तारिख सांझ) ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार मनाउन लागिएको कार्यक्रम व्यवस्थापन गरिरहेका क्रान्ति योञ्जन र जयमान तामांगले जनाए । क्रान्ति समाजकी सचिव हुन् ।

नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्य र समाजका अध्यक्ष दीपककुमार तामाङ (गोले) को अध्यक्षतामा हुने उक्त कार्यक्रममा गायक मिलन लामा र गायिका शर्मिला बर्देवाका साथ स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति दिनेछन् । चांड्स म्यूजिक वल्र्डलाई डिजेको जिम्मा छ ।

अनिश तामाङ हुन् कार्यक्रम संयोजक । कार्यक्रमलाई आमा समूहले पनि साथ दिने क्रान्तिले जनाइन् । सांझ औपचारिक कार्यक्रम शुरु हुनु अघि लामा गुरु मिङ्मार तामाङबाट ल्होछार पूजा गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री