प्रवासी मंचको कार्यक्रममा भाग लिन युके अाइपुगे डा. पौडेल

Bijay poudel

लण्डन । प्रवासी नेपाली मञ्च यूकेको १० औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा अर्थशास्त्री डा. विजय पौडेल लण्डन आइपुगेका
छन् । उनलाई मञ्चका अध्यक्ष रामशरण सिम्खडा, संस्थापक अध्यक्ष आङकल्जंग लामा, उपाध्यक्ष रवीन्द्र कंडेल, सचिव धन क्षेत्री, सल्लाहकार शुष्मा राई लगायत कार्यकर्ताले हिथ्रो बिमानस्थलमा स्वागत गरेका थिए ।

मञ्चले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

स्थापना दिवसको मुख्य कार्यक्रममा प्रा डा. सूर्य सुबेदीले  संघीय लोकतान्त्रिक संविधान – वास्तबिकता र चुनौती, डा. पदम सिम्खडाले संघीयतामा सामाजिक रुपान्तरण – एक अनुभव, डा अच्यूत गौतमले संघीयता – अल्झिएको बिगत, बल्झिदो भबिश्य, विश्वआदर्श पण्डितले समयमै संबिधान – लोकतान्त्रिक शक्तिहरुको अग्नी परिक्षा, कर्ण शाहीले पार्टीहरुको कसौटीमा – एकल पहिचान वा बहुपहिचान र एमाले पोलिटब्यूरो सदस्य डा. पौडेलले  नयां नेपाल र लोकतान्त्रिक संबिधान निर्माणमा एमालेको कर्तब्य गन्तब्य कता ? चुक्यौ कहाँ  बिषयमा कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।

लण्डनको नर्थहोल्टमा हुने सो कार्यक्रममा संस्थापक अध्यक्ष आङकल्जंग लामा तथा संस्थापक लय प्रसाईलाई सम्मान गरिने अध्यक्ष सिम्खडाले जानकारी दिए । स्थापना दिवसकै अवसर पारेर जनवरी ३० मा रक्तदान, ३१ मा प्रेस मिट तथा बिस्तारित बैठक समेत हुने र सो को सम्पूर्ण तैयारी सम्पन्न भै सकेको उपाध्यक्ष तथा कार्यक्रम संयोजक रवीन्द्र कंडेलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री