क्रिकेटर गौचनलाई पितृ शोक

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका क्रिकेटर शक्ति गौचनलाई पितृशोक परेको छ। बुधबार उनका पिता खड्गप्रसाद गौचनको निधन भएको छ। उनी ७८ वर्षका थिए। माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पताल उपचारको क्रममा बुधबार उनको निधन भएको हो। खड्गप्रसाद पूर्व भारतीय सैनिक हुन्। Shakti

डेढ महिनाअघि भैरहवामा भएको माइक्रोबस दुर्घटनामा उनी घाइते भएका थिए। गम्भीर घाइते पितालाई छाडेर शक्ति नामिबियामा भएको डिभिजन टु क्रिकेटमा सहभागी भएका थिए। सोमबार स्वदेश फर्किने वित्तिकै गौचन अस्पताल पुगेका थिए। खड्गप्रसादको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री