आहा ! रारा गोल्डकपमा बेलायती फुटबल क्लब

काठमाडौं। पोखरामा यसै साता शुरु हुने आहा! रारा गोल्ड कप फुटबल प्रतियोगितामा एक बेलायती फुटबल क्लबसहित १२ टिमको सहभागी हुने भएको छ। आगामी सोमबारबाट शुरु हुने १३ औं अाहा! रारा गोल्डकपमा बेलायतको एल्डरसट टाउन फुटबल क्लबले सहभागीता जनाउने आयोजक संस्थाले जनाएको छ।Aha Gold cup एल्डरसट टाउन फुटबल क्लब सहारा क्लब युकेको पहलमा प्रतियोगितामा सहभागी भएको हो।

त्यसैगरी प्रतियोगितामा सहभागी अन्य टिममा भारतको कञ्चनजञ्गा, नेपालको मनाङ मर्स्याङ्दी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, झापा ११, लुम्बिनी फुटबल क्लब, सुदुर पश्चिम फुटबल क्लब, सिमराको नव जन जागृती र पोखराको साहारा फुटबल क्लब छन्। प्रतियोगिता फेब्रुअरी ३ बाट शुरु भएर १२ सम्म चल्ने छ। प्रतियोगिताको विजेता तथा उत्कृष्ट खेलाडीले नगद प्राप्त गर्ने छन्। ‘खेलकुदको विकासमा सहयोग गरौं, पोखरालाई खेल पर्यटनको केन्द्रमा विकास गरौं,’ भन्ने नारा प्रतियोगिताको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री