क्याटरिङ एसोसिएसनले निशुल्क सेमिनार गर्ने

10891600_758137300932638_4621743870509634250_n
लन्डन । नेपलिज क्याटरिङ एसोसिएसन यूकेले रेष्टुरेन्ट र क्याटरिङ व्यवसायमा 
‘प्रभावकारी कर योजनासहितको वित्तिय योजना’ बारे एक दिने निशुल्क सेमिनार गर्ने भएको छ । आगामी १ फेब्रुअरी, आइतबारका दिन साउथहलस्थित दार्जिलिङ इन रेष्टुरेन्टमा यस क्षेत्रका वीज्ञहरु निम्त्याएर सेमिनार गर्न लागिएको एसोसिएसनका अध्यक्ष विजय थापाले जनाएका छन् ।

रेष्टुरेन्ट तथा क्याटरिङ व्यवसायमा हाल दक्ष जनशक्ति अभाव भइरहेका बेला सेमिनारमा स्पोन्सरसीप लाइसेन्समार्फत यसको सट्टा भर्ना वा नयां कामदार कसरी लिने भन्ने सम्वन्धमा समेत अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ । एसोसिएसनले माथि उल्लेखित दुई प्रमुख विषयलाई यस उद्योगका चुनौती ठानेको 
छ ।

त्यसैदिन एसोसिएसनको नयां वेवसाइट समेत सार्वजनिक गर्ने कार्यक्रम छ । नयां वेवसाइटले नेपाली रेष्टुरेन्ट व्यवसायको प्रवर्धन र व्यवसायीबीच निकटता ल्याउने अपेक्षा गरिएको छ । संस्थाले इच्छुक व्यक्तिलाई सहभागी हुन निमन्त्रणा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री