आइसीसीको निर्देशन समेत मान्न आनाकानी, साधारणसभा गर्न उल्टो शर्त

 

पन्तलाई फगामीले पठाएको इमेल

पन्तलाई फगामीले पठाएको इमेल

लन्डन । एनआरएनए यूके, योगेन क्षेत्री समूहले गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले विशेष साधारणसभा गर्न दिएको निर्देशन समेत मान्न आनाकानी गरेको छ । आइसीसी महासचिव कुमार पन्तले एनआरएनए यूके महासचिव योगकुमार फगामीलाई गत २६ जनवरीमा इमेल गर्दै आगामी ८ देखि २२ फेब्रुअरी नबढाई विशेष साधारणसभा प्रवन्ध गर्न निर्देशन दिएका थिए । तर, उक्त निर्देशन पालनाको सट्टा फगामीले विशेष साधारणसभा गर्नुअघि विभिन्न शर्त पुरा 
हुनुपर्ने माग राखेका छन् । केन्द्रको निर्देशन समेत अवज्ञा गर्न खोज्नुलाई कतिपयले ‘पदलोलुपता र समाज विभाजन गर्न उद्यत’ का रुपमा चित्रित गरेका छन् । nrnlogo आइसीसी महासचिव पन्तले इमेलमा गत १० जनवरी, २०१५ का दिन बसेको आइसीसीको ४४ औं बैठकले एनआरएनए यूके विवाद मिलाउने सिलसिलामा महेन्द्र कंडेललाई बुझाउन बांकी तीन हजार सदस्यता फाराम, आफ्नो उम्मेदवारी शुल्क एकहजार पाउण्ड र अन्य उम्मेदवारहरुको शुल्क समेत एनआरएनए यूके संरक्षक परिषद समक्ष दुई साताभित्र हस्तान्तरण गर्न निर्देशन दिएकामा कंडेलले समयसीमाभित्र त्यो पुरा गरेकाले विशेष साधारणसभा गरि नेतृत्व हस्तान्तरण गरिदिन भनेका थिए । तर, उक्त इमेलको प्रतिउत्तरमा फगामीले २८ जनवरीमा एउटा इमेल लेख्दै विशेष साधारणसभा गर्नुअघि आगामी ३ फेब्रुअरीभित्र तीन प्रमुख बुंदासहितका शर्त पुरा हुनु पर्ने माग राखेका छन् ।

पहिलो शर्त आर्थिक प्रतिवेदनसंग सम्वन्धित छ । साधारणसभाका दिन महेन्द्र कंडेललाई आर्थिक प्रतिवेदन बुझाउन जरुरी हुने भएपनि पूर्व अध्यक्ष कुल आचार्यले पटक पटक लिखित तथा मौखिक आग्रह गर्दा समेत आर्थिक प्रतिवेदन नबुझाएको जिकिर गर्दै फगामीले ३ फेब्रुअरीसम्म उक्त प्रतिवेदन (फाइनान्सियल स्टेटमेन्ट) आफूहरुले पाउनुपर्ने माग गरेका छन् । स्मरणरहोस्, आचार्य नेतृत्वको कार्यसमितिले भने अधिवेशनकै क्रममा योगेन क्षेत्रीको कार्यसमितिलाई अडिटसहितको आर्थिक हिसावकिताव हस्तान्तरण गरिसकेको बताउंदै आएको छ ।

दोश्रो बुंदामा विधानतः संरक्षक परिषद व्यवस्था गर्ने विशेष साधारणसभाको एउटा एजेन्डा भएपनि संरक्षकहरु (मेजर रि. डमर घले बाहेक) बाट जनही पांचसय पाउण्ड दस्तुर एनआरएनए यूकेले नपाएको उल्लेख गर्दै संरक्षकहरुबाट त्यो सम्पूर्ण रकम आउनुपर्ने माग गरिएको छ । इमेलमा एनआरएनए यूकेको गत डिसेम्बर, ८, २०१३ को बैठकले जनही पांचसय पाउण्ड उठाउने निर्णय गरेको स्मरण गराइएको छ । त्यसो त एनआरएनए यूके यस्तो संस्था हो, जसले सल्लाहकार बन्न तीनसय पाउण्ड 
तिर्नुपर्ने भन्दै विश्वकै एनआरएनए राष्ट्रिय समितिमा नभएको सल्लाहकार खरिद 
गर्ने हांस्यास्पद निर्णय गरेको थियो । पछि यो निर्णय व्यापक आलोचित भयो ।

तेश्रोमा, महेन्द्र कंडेलले आफ्नो सहित अन्य पदाधिकारीको उम्मेदवारी शुल्क र तीनहजार सदस्यता फाराम संरक्षक सूर्य गुरुङलाई बुझाएपनि उम्मेदवारी शुल्क एनआरएनए यूकेको खातामा दाखिला हुनुपर्ने माग गरिएको छ । साधारणसभा गर्नका लागि तीनहजार सदस्यहरुको नामावली र विवरण पत्रपत्रिकामा वा एनआरएनए यूकेको वेवसाइटमा राख्नुपर्ने शर्त समेत फगामीको छ । एनआरएनए यूके अगुवाहरुले संस्थाको आर्थिक मुद्दा भए छानवीन गर्न भनि एनआरएनए यूके संरक्षक सूर्य गुरुङलाई जिम्मा दिइसकेको अवस्थामा योगेन क्षेत्री समूहले अन्तिमतिर हिसावकिताव खोज्नु असान्दर्भिक मात्र होइन, साधारणसभा रोक्ने चालबाजी समेत भएको भन्दै त्यसको आलोचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री