राष्ट्रिय लिगमा मनाङको दोस्रो जीत

काठमाडौं।मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा विजय यात्रालाई निरन्तरता दिएको छ। लुम्बिनी फुटबल क्लबलाई शुक्रबार १–० ले हराएपछि मनाङले शीर्षस्थानको थ्री स्टार क्लबसँग अंक बराबरी गरेको छ। Manangमनाङले पहिलो खेलमा सुदूर पश्चिमाञ्चल फुटबल क्लबलाई ३–० ले हरायो। तर, दोस्रो खेलको जित भने सहज रहेन। अन्तिम १० मिनेट दस खेलाडीमा सिमित भएको बुटवलले मनाङलाई कडा टक्कर दिएको थियो।

मिडफिल्डर सुजल श्रेष्ठले लुम्बिनीविरुद्ध ५६ औं मिनेटमा निर्णायक गोल गरेका थिए। विराज महर्जनको फ्रि किकमा सुजलले हेडमार्फत गोल गरेका थिए।

त्यो जितसँगै मनाङ र थ्री स्टारको समान ६ अंक छ। गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष र मनाङ दोस्रो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री