ग्रेटर रसमुर कम्युनिटीले नयाँ वर्षको कार्यक्रम गर्ने

लण्डन । ग्रेटर रसमुर नेपलिज कम्युनिटीले नेपाली नयाँ वर्ष मनाउने भएको छ ।
कम्युनिटी उपाध्यक्ष अोमप्रसाद थापाको अध्यक्षतामा हालै बसेको बैठकले कम्युनिटीले ११ अप्रिलका दिन फार्नब्रोको वकफार्मस्थित सामुयल कोडी स्पोर्टस सेन्टरमा नयाँ वर्ष मनाउने निर्णय गरेको हो ।
नयाँ वर्ष मनाउनका लागि महासचिव रोहित गुरुङको संयोजकत्व र छबिमाया पुन, क्याप्टेन रिटायर्ड राजेन्द्रमान गुरुङ, रामधन राई, शेष कुमारी पल्ली, सरिता थापा, वीर बलाल, जङ्ग सुनुवार र नगेन्द्र नेम्वाङ सहितको नयाँबर्ष उपसमिति गठन गरिएको छ भने साँस्कृतिक तर्फको सम्पूर्ण जिम्मेवारी सचिव नेम थापालाई दिइएको छ ।  
बैठकले अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान, उपाध्यक्षहरु अोम थापा र जिब बेल्बासे, महासचिव रोहित गुरुङ, सचिव नेम थापा, कोषाध्यक्ष रामधन राई, सचिव छविमाया पुन, सल्लाहकारहरु मेजर रिटायर्ड डमर घले र एनअारएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, क्याप्टेन रिटायर्ड राजेन्द्रमान गुरुङ, भीम बानियाँ र सूर्य उपाध्यायलाई ट्रष्टिजमा राख्ने निर्णय पनि गरेको छ । सोको जिम्मा क्याप्टेन राजेन्द्रमान गुरुङ, नेम थापा र रामधन राईलाई दिइएको छ ।
यसैगरी कम्युनिटीले सन्चालन गर्दै आएको नेपाली भाषा कक्षालाई निरन्तरता दिन सल्लाहकार शेर सुनार, उपाध्यक्ष जिब बेल्बासे, सदस्य रन्जीता मल्ल र वीर बलाललाई जिम्मा दिइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री