प्रवासी मञ्च मलेसियाको अधिवेशन मार्च १५ मा

काठमाडौं। नेकपा एमाले निकट प्रबासी नेपाली मञ्च मलेसियाको प्रथम अधिवेशन मार्च १५ मा हुने भएको छ। मञ्चको आइतबार सम्पन्न बैठकले राजधानी क्वालालम्पुरमा मार्च १५ मा अधिवेशन गर्ने निर्णय गरेको हो। UML_Malaya

बैठकले अधिवेशनका लागि अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीको संयोजकत्वमा १ सय १ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन गरेको छ। त्यसैगरी महासचिव दयाराम कुमालको संयोजकत्वमा आर्थिक उप-समिति र सचिव रमेशप्रसाद आचार्यको संयोजकत्वमाप्रचार-प्रसार उप-समिति गठन गरेको छ। बैठकले निगम शाही, जीवन बिक, उमा सुनुवार र रोशन राईलाई कमिटीको सदस्यमा थप गर्ने निर्णय गरेको छ। मलेसियामा विभिन्न क्षेत्रमा काम गर्ने सात लाख नेपाली छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री