सिक्किमका नेवारबारे डा. श्रेष्ठले ल्याए नयाँ पुस्तक

IMG_0196

 

लण्डन । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाता डा. बालगोपाल श्रेष्ठले सिक्किमका नेवारहरुका बारेमा ‘द नेवार्स अफ सिक्किम ः रिइन्भेटिङ ल्याङग्वेज, कल्चर एण्ड आइडेन्टिटी इन द डायस्पोरा’ नामक पुस्तक बजारमा ल्याएका छन् ।
हाल नेदरल्याण्डको लेडन विश्वविद्यालयमा आवद्ध श्रेष्ठको पुस्तक सोही विश्वविद्यालयका साउथ एसिएन हिस्ट्री एण्ड एन्थ्रोपोलोजीका इमिरेटस प्रोफेसर डा. डिर्क एच. ए. कोफले विमोचन गरे ।
विश्वविद्यालयकै एसिएन स्टडिजले आयोजना गरेको कार्यक्रममा प्रोफेसर कोफले डायस्पोरा र बसाइसराइका बारेमा अध्ययन गर्न चाहनेहरुका लागि सो पुस्तक महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास व्यक्त गरे ।
पुस्तकका लेखक डा. श्रेष्ठले सिक्किमका नेवारहरु कसरी भाषा, परम्परा, रीतिरिवाज र सास्कृतिलाई निरन्तरता दिन संघर्ष गरिरहेका भन्ने बारेमा प्रकाश पारेका थिए ।
पुस्तक तयार पार्दा अपनाइएको अनुसन्धान विधिका बारेमा जानकारी दिँदै श्रेष्ठले कसरी सिक्किम सरकारको मैत्रीपूर्ण नीतिका कारण धेरै नेपालीमूलका समुदायले सिक्किममा आफ्नो भाषा, सास्कृति बचाउन सकेका छन् भन्ने प्रष्ट्याए । जबकि उनीहरुको मूलथलो नेपालमै ती समुदायहरु सरकारबाट वेवास्ता गरिएका छन् भन्ने पनि उनले उल्लेख गर्न छुटाएनन् ।
पुस्तक विमोचन कार्यक्रममा डा. विलियम भोगेल्साङले स्वागत मन्तब्य दिएका थिए भने विश्वविद्यालयसित सम्वद्ध नेपाली प्राज्ञिक व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री