पासा पुच गुठी यूके सेमिनारमा दश नेवाः पेशेवरहरुको प्रस्तुति

10498222_10152836520871492_1405990129592379247_o

लन्डन । पासा पुच गुठी यूकेले गत ८ फेब्रुअरीका दिन दोश्रो गुठी सेमिनार सम्पन्न गरेको छ । स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (सोआस) मा आयोजित उक्त सेमिनार बेलायती समकालिन समाजमा नेवाः विषयमा केन्द्रित रह्यो ।

गुठीकी महासचिव त्रिवेणी गुरुले स्वागत मन्तव्यसंगै सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कपिल श्रेष्ठले औपचारिक शुरुवात भएको घोषणा गरेपछि सेमिनार अघि बढेको थियो ।

सेमिनारमा दश विभिन्न नेवाः पेशेवरहरुले आ आफ्ना अनुभव, प्रोजेक्ट र करिअरबारे प्रिजेन्टेशन दिए । सहभागी दश वक्ताहरु सोनु श्रेष्ठ, सुदिन कंसाकार, सिता श्रेष्ठ, डा. निक्की शाक्य, सुमी श्रेष्ठ, डा. संगिता श्रेष्ठ, सन्दिप श्रेष्ठ, निना मानन्धर, डा. पवित्र तुलाधर र अनुमा श्रेष्ठले स्वास्थ्य, कला, अर्थ र विज्ञान विषयमा प्रिजेन्टेशन दिएका हुन् ।
उक्त सेमिनार तीन भिन्न चरणमा विभाजित थियो जसको अध्यक्षता गुठीका संस्थापक सदस्य शशीधर मानन्धर, युनिभर्सिटी अफ क्याम्ब्रीजका डा. रोशनलाल श्रेष्ठ र युनिभर्सिटी अफ रेडिङका डा. सुधा श्रेष्ठले गरेका थिए । प्रत्येक प्रिजेन्टेशन करिब बीस मिनेट लामो र त्यसमा पांच मिनेट प्रश्नोत्तर समेत राखिएको थियो । कार्यक्रमका मुख्य वक्ता लुम्बिनी नेपलिज वौद्ध धर्म सोसाइटीका सचिव एवं पासा पुच गुठी यूकेका
संस्थापक सदस्य डा. धर्मभक्त शाक्यले जीवन सम्वन्धि व्याख्या गरे । शाक्यले जीवन जगत र धर्मसंग सम्वन्धित आफ्नो अनुभव समेत सुनाएका थिए ।
सेमिनार समापन गर्दै प्रमुख संयोजक डा. सचेतन तुलाधरले कार्यपत्र प्रस्तोता, सहभागी र अन्य सहयोगी सबैप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा अतिथी र सहभागी रात्रीभोजमा सरिक भए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री