नेपालले क्रिकेट लिग च्याम्पिनशीपमा तीन देशसँग घरेलु मैदानमा खेल्ने

काठमाडौं। नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपका तीन खेल घरेलु मैदानमै खेल्ने भएको छ। आईसीसीले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पपुवा न्यूगिनी, नामिबिया र केन्याविरुद्धका खेलहरु घरेलु मैदानमा खेल्ने भएको हो।nepal-cricket-newwww

नेपालले अप्रिलदेखि जुनको बीचमा पहिलो खेल स्कटल्यान्डविरुद्ध खेल्नेछ । दोस्रो खेल अगष्टदेखि नोभेम्बरबीचमा पपुवा न्यूगिनीविरुद्ध खेल्नेछ भने तेस्रो खेल नामिबियाविरुद्ध सन् २०१६ को फेब्रुअरीदेखि जुनबीचमा हुनेछ।

आईसीसीका अनुसार चौथो खेल सन् २०१६ को अगष्टदेखि नोभेम्बरबीचमा नेदरल्यान्ड्ससँग, पाँचौ खेल सन् २०१७ को फेब्रुअरीदेखि जुनभित्र केन्याविरुद्ध, छैटौं खेल सन् २०१७ को जुलाईदेखि नोभेम्बरबीचमा हङकङविरुद्ध र सातौं खेल सन् २०१७ को नोभेम्बरदेखि डिसेम्बर बीचमा युएईविरुद्ध हुनेछ। डिभिजन वानमा रहेका अफगानिस्तान र आयरल्यान्डलाई सन् २०१९ को विश्वकप खेल्न पाउने आइसिसीले निर्णय गरेपछि डिभिजन २ को तेस्रो केन्या र चौथो नेपालले च्याम्पियनयशीप खेल्न पाएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री