नेपाली महिलाको बलात्कारपछि हत्या गर्ने एक फरार आरोपीद्वारा आत्महत्या

काठमाडौं। भारतको हरियाणा राज्यस्थित रोहतक जिल्लामा नेपाली महिलाको बलात्कारपछि हत्यामा संलग्न एक आरोपीले आत्महत्या गरेका छन्। ती व्यक्ति फरार रहेका थिए । सो घटनामा संलग्नहरु पक्राउ परेको केही घण्टापछि नै फरार व्यक्तिले आत्महत्या गरेको प्रहरीले जनाएको छ।Rohtak

प्रहरीले पक्राउ गरेका ८ आरोपीले घटनामा आफ्नो संलग्नता स्विकार गरेका छन्। प्रहरीलाई दिएको बयानमा विभत्स विवरण बाहिर आएको छ। सुस्त मनस्थितिकी ती महिलालाई नौ जनाले तीन घण्टासम्म बलात्कार गरेको बयान दिएका छन्। पक्राउ पर्नेमा एक नेपाली पनि छन्।

ती महिला बेहोस भएपछि पनि उनीहरुले बलात्कार गरेको बयानमा उल्लेख छ। बलात्कारपछि ती महिलाले प्रहरीलाई जानकारी गराउन सक्ने भन्दै इँट्टा प्रहार गरी हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनीहरुले महिला मरेकी छन् कि छैनन जान्नका लागि योनीमा लौरो घुसारेको बताएका छन्। पछि तिनले  शहरबाट नजिकै रहेको स्थानमा शव फ्यालेका थिए। हत्या भएको चार दिनपछि मात्रै सडेको अवस्थामा शव भेटिएको थियो।

शरीरको महत्वपूर्ण अंग नभएको ती युवतीको यौनाङ्गमा लठ्ठी, ढुंगा र कन्डम भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए । बर्दियाकी ती युवती केही महिना अघि दिदीसँगै बस्दै आएकी थिइन्।

अनुहार जनावरले खाएको अवस्थामा भेटिएकी ती महिलाको शवमा मुटु र कलेजो थिएन।

यसैबीच घटनामा संलग्नमाथि मृत्युदण्डको माग गर्दै रोहतकमा विरोध प्रदर्शन भएका छन् भने भारतीय सञ्चार माध्यमहरुले सो घटनालाई गम्भीरतापूर्वक नलिएको भन्दै प्रहरीको आलोचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री