क्रिकेट संघको कार्यवाहक अध्यक्षमा कोइराला

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक अध्यक्षमा दीपक कोइराला चयन भएका छन्।

क्यान कार्य समितिको चार दिनसम्म चलेको बैठकले उपाध्यक्ष कोइरालालाई कार्यबाहक अध्यक्षमा नियुक्त गरेको हो । कार्यवाहक अध्यक्ष रहेका तारणीविक्रम शाहको निधनपछि कोइरालालाई जिम्मेवारी दिने सहमति भएको हो। कोइराला माओवादीको जनमुक्ति सेनाका पूर्व विग्रेड कमाण्डर हुन्। dipak_Koiralaकोइरालालाई माओवादीका नेता टंक आङबुहाङले उपाध्यक्षमा नियुक्त गरेका थिए । आङबुहाङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि शाहलाई कार्यवाहक अध्यक्ष बनाइएको थियो।

बैठकले संघको कोषाध्यक्षमा शैलेश कुमार चौधरीलाई नियुक्त गरेको छ। बैठकले सन् २०१९ विश्वकप लक्षित गरि विशेष तयारी गर्न टोली गठन गरेको छ। ‘मिसन विश्वकप २०१९’ अभियानका लागि कार्यवाहक अध्यक्ष कोइरालाको संयोजकत्वमा ८ सदस्यीय टोली गठन गरेको हो। टोलीको सदस्यमा कार्यवाहक महासचिव उत्तम कर्मचार्य, कोषाध्यक्ष शैलेशकुमार चौधरी, प्रशिक्षक पुबुदु दासानायके, क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका साथै रास्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय बाट १-१जना प्रतिनिधि रहने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री