थिएटरमा बहुलाकाजीको सपना

10859435_796270293760905_915628440_n
काठमाण्डौं । नेपाली समाजमा विद्यमान धनी र गरिवबीचको विभेद चित्रित गर्ने एउटा पुरानो नाटक हालै काठमाण्डौं राष्टिय नाचघरमा मञ्चन गरिएको छ । माउण्ट फायर मिडिया प्रा. लि. को आयोजना र माउण्ट फायर थिएटर ग्रुपको प्रस्तुतिमा २००४ मा लिखित उक्त नाटक मञ्चन गरिएको हो ।

कुमार सिम्खडाको संयोजनमा मञ्चित नाटकका रचयिता विजय मल्ल, निर्देशक सुरज अधिकारी र सहायक निर्देशक आदर्श घिमिरे हुन् । नाटकमा कलाकारहरु कुमार सिम्खडा, आदर्श घिमिरे, सुरज अधिकारी, एभोनराज उप्रेती, रोज लामा, आदर्श खनाल, सुजन तामांग, रिजेन थापा, राजेश बुढाथोकी, सन्तकुमार राई, सुरज तामांगले अभिनय गरेका थिए ।

नाटक हेर्न वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला, प्रचण्ड मल्ल, नवराज लम्साल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा, ताराप्रसाद वस्ती, मादी थापा लगायत प्लस टु अध्ययनरत विद्यार्थी सहभागी थिए । उक्त नाटकले धनी र गरिवको वर्गीकरण हुन नहुने र गरिवलाई समेत सम्मानजनक व्यवहार गरिनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री