पाटन स्वास्थ्य विज्ञानको उप कुलपतिमा भण्डारी पुनर्स्थापित

काठमाडौं। सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा संगीता भण्डारीलाई निरन्तरता दिन परमादेश जारी गरेको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भण्डारीलाई हटाएर जयनारायण साहलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई गैर कानुनी ठहर गरेको हो ।Patan Health Science Academy

सर्वोच्चको फैसलामा भण्डारीलाई हटाउने निर्णय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६९ विपरीतसमेत देखिएकाले उनको स्थानमा साहलाई नियुक्त गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर हुने भनिएको छ। भण्डारीको चारवर्षे अवधि समाप्त नहुँदै नयाँ कुलपतिमा साहलाई नियुक्त गर्ने निर्णय गैरकानुनी देखिएको फैसलामा उल्लेख छ।

बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कार्यरत भण्डारीलाई बाबुराम भट्टराई नेतृत्वको स्वास्थ्यमन्त्री राजेन्द्र महतोले नियुक्त गरेका थिए । त्यसपछि आर्थिक चलखेल गरी बाहिरका भण्डारीलाई नियुक्ति दिलाएको लगायतका आरोप लगाउँदै कर्मचारीहरूले आन्दोलन गरेका थिए ।

कर्मचारीको आन्दोलनपछि सरकारले अध्ययन समिति गठन गरी भण्डारीलाई हटाएको थियो । भण्डारीको स्थानमा २०६९ माघ २९ गते साह नियुक्त भएका थिए । तर, भण्डारीले सरकारको उक्त निर्णयलाई चुनौती दिँदै कात्तिक र माघमा तीनवटा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री