टर्किस जहाज क्र्यास ल्यान्डिङ, त्रिभुवन विमानस्थल बिहीबारसम्मका लागि बन्द

काठमाडौँ : बुधबार बिहान क्र्यास ल्यान्डिङ गर्दा काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलको रनवे छेकिने गरी अड्किएको टर्किस एयरलाइन्सको विमान त्यहाँबाट निकाल्न भारतीय वायुसेनासित सहयोग मागिएको छ। नागरिक उड्डयन प्राधिकरणले बुधबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले भारतीय वायुसेनाको एयरक्राफ्ट रिमुभल किट ल्याउन प्राधिकरणको पहलमा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, भारतीय दूतावास हुँदै भारतीय वायुसेनालाई अनुरोध गरिसकिएको जानकारी दिए। बिहीबार बिहान ८ बजेसम्ममा इन्डियन एयरफोर्सको सि १३० विमान एयरक्राफ्ट रिमुभल किटसहित अवतरण गर्ने जानकारी सुमनले दिए।Rss_Images_1425446360769_Pro_Ktm_Airport Plain Crass (3) (1)

२२४ यात्रु रहेको सो जहाज दुर्घटनामा मानवीय क्षति नभएको विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ। ‘एउटा विमान दुर्घटनाबाट बाँचियो’, जहाजमा रहेका यात्रु दिकेश मल्होत्राले आफ्नो फेसबुकमा लेखेका छन्, ‘भाग्यबस कसैलाई गम्भीर चोट लागेन र घाइते भएनन्।’Rss_Images_1425446438185_Pro_Ktm_Airport Plain Crass (7)

पहिलो पटक ल्यान्ड गर्ने प्रयास असफल भएपछि जहाज केही समय आकासमै घुमेको थियो। बाक्लो हुस्सुले भिजिविलिटी कम भएपछि जहाजलाई अवतरण गर्न आरएनएभी अप्रोचबाट ल्यान्ड गर्ने प्रयास गरिएको थियो। अवतरण प्रयास गर्दा जहाज अनियन्त्रित भइ धावनमार्गबाट बाहिर पुगेको थियो। तर अन्य विमानले धावनमार्गमा दौडाउदा टर्किस जहाजको पखेटासँग ठोकिने संभावना रहेको छ। जसको कारण देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। Turkish Airlines crash-landed close to Nepal Oil Corporation at

महानिर्देशक सुमनका अनुसार टर्किस एयरलाइन्सको एयरबस ३२०-३०३ ठूलो जहाज र वजन धेरै भएकोले हटाउन समस्या भएको हो। ‘हामीले १७ टन इन्धन हटाउँदा पनि अझै १५० टन वजन छ। हामीसँग टोइङ मेसिन जम्मा ७० टनको छ। क्रेनको क्षमता पनि जम्मा ७० टन तान्न सक्ने मात्रै छ’, सुमनले भने, ‘जहाजको ल्यान्डिङ गियर क्षतिग्रस्त भएकोले टोइङ (गुडाएर डोर्यानउन सक्ने) स्थितिमा छैन।’ उनले भने, ‘यो एरियामा रिमुभल किट जम्मा एउटा मात्रै छ- मुम्बई विमानस्थलमा इन्डियन एयरफोर्सको। जहाज रनवेको झण्डै बीच भागमा छ। जसले गर्दा ठूलो जहाज हामी रनवेमा ल्यान्ड गराउन सक्दैनौँ। हामी यस्तो विमानको खोजीमा छौँ, जो ५ हजार मिटर रनवेमा बौद्ध साइडबाट ल्यान्ड गरोस्। जहाज खोजिसकेका छौँ। यो जहाजलाई हामी राति ल्यान्ड गराउन सक्ने अवस्थामा छैनौँ। त्यसैले भोलि बिहान हामी ल्यान्ड गराउने छौँ।’

Turkish Airlines airbus averts disaster at TIA

प्रतिक्रिया

सम्बन्धित सामाग्री