चाल्टर्नका नेपाली घरमा चोरी बढेपछि कार्यशाला

11069871_10155287791375494_4097999655084558253_n

लन्डन । चाल्टर्न नेपाली समाज युकेले नेपाली समुदायका घरहरुमा बढदो चोरी समस्यालाई मध्यनजर गर्दै स्थानिय निकाय र सुरक्षा अधिकारीहरुको सहकार्यमा एउटा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।  समाजको आयोजनामा स्थानिय चार्ल्टन हाउसमा संचालन गरिएको उक्त भेलामा मेट्रोपोलिटन पुलिस सेफर नेबरहुडका अधिकारी थोमस अट, काउन्सिलरहरु म्याथ्यु पेनिकुक, ग्यारी पार्कर, आलन मकार्थी तथा अपराध छानबिन बिभाग ( सी आई डी ) का ड्यानियल स्मिथ र साइमन कुथ्बर्गको  सहभागिता थियो ।  उनीहरुले समुदायको सुरक्षा सम्बन्धि चासो सम्बोधन गर्न आफूहरु तत्पर रहेको बताए । तथ्यांकगत रुपमा चार्ल्टन ईलाकामा अपराध घटेको देखिए पनि नेपाली समुदायका घरहरुमा बढ्दै गइरहेको चोरी रोकथाम गर्न सकिने उपायहरुबारे क्याबिनेट बैठकमा कुरा उठाउने आस्वाशन समेत उनीहरुले दिए ।

मेट्रोपोलिटन पुलिसको  तर्फबाट बोल्दै कन्स्टेबल थोमस अटले समुदायसंगको आपसी सहकार्य र अपराध सम्बन्धि  सतर्कता लाभदायक हुने बताए । त्यस्तै छलफलमा आफ्नो धारणा राख्दै सी आई डी अफिसरहरुले अपराधि पत्ता लगाउने पहिलो आधार नै सूचना भएकोले सु सुचित हुने र आफूहरुलाई सुचित गर्नु पर्ने कुरामा जोड दिए  । साथै उनीहरुले आफ्नो घरमालको सुरक्षा प्रवन्ध कसरी गर्ने भन्ने बारे प्रकाश पारे ।

समाजका अध्यक्ष रोमनाथ पाण्डेको सभापतित्वमा सम्पन्न गोष्ठीको संचालन सचिव टि एन रिजाल र मंजु खरेलले गरेका थिए । उपाध्यक्ष टंक कंडेलले स्वागत मतब्य दिए ।  समाजका सल्लाहकार द्वय एल एन पाण्डे र यादब भण्डारीले वृहत प्रिजेण्टेशन प्रस्तुत गर्दै चोरीको शिकार बन्दा हुने सुरक्षा आत्मविश्वासको कमी र दुरगामी  भावनात्मक  असरको ब्यापक चर्चा गरे  ।

त्यसैगरी सल्लाहकार नरेन्द्र कंडेलले कार्यशाला गोष्ठीको नतिजा सम्बन्धि चर्चा गरे भने अर्का सल्लाहकार फत्त थापाले धन्यबाद ज्ञापन गरे । तत्पश्चात गरिएको प्रश्नोत्तर सेशनमा चोरीको चपेटामा परेका दर्जनौ सहभागीले आ आफ्ना घरमा चोरी हुंदाको अनुभव र सुरक्षा चासो सम्बन्धिबारे खुलेर बताए ।

अन्त्यमा सहभागीहरुप्रति आभार व्यक्त गर्दै अध्यक्ष रोमनाथ पाण्डेले कार्यक्रम लाभमुलक हुने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोजकहरुले अपेक्षाकृत भन्दा कम बताए पनि स्थानिय नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो ।

साउथ ईस्ट लण्डनको चार्ल्टनवासी नेपालीहरुको साझा संस्था चार्ल्टन नेपाली समाजको प्रत्यक्ष जन सरोकारको यो पहलकदमीलाई सबैले मुक्तकण्ठले सराहना गरेका छन । “नेपाली समुदायका घरहरुमा हुने चोरी तुरुन्तै कम गर्न सकिने भन्दा पनि सम्बन्धित निकायसम्म हाम्रो आवाज पुर्याउन आजको कार्यक्रम उपयोगी भएको छ” एक सहभागीले बताए  ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री