बेलायतका कलाकार संघ एक भए

inas-and-kalakarsangh

तस्विरः भिजन संसार

लन्डन । बेलायतस्थित नेपाली कलाकारहरुका दुई संघ एक भएका छन । वरिष्ठ कलाकार मनिषकुमार श्रेष्ठ अध्यक्ष रहेको नेपाली कलाकार संघ, बेलायत र सनमकुमार वैराग अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजबीच हालै एक कार्यक्रमबीच एकता भएको हो ।
नेपाली कलाकार संघ बेलायतका पूर्व अध्यक्ष उमेशराज मोक्तानको उपस्थितिमा संघका अध्यक्षले सम्पूर्ण कागजात बुझाएर आधिकारिक रुपमा एक भएको घोषणा गरेका हुन । यो एकताले विभाजित अरु संस्थामा समेत सकारात्मक सन्देश जाने अपेक्षा छ ।

वेम्ली हिलमा भएको एकता बैठकमा संघका उपाध्यक्ष डम्बर सुव्वा पनि सहभागी थिए । संघका म्यूजिक डाइरेक्टर समेत रहेका सुव्वाले अब दुई संघ मिलेर नयां कार्यक्रम गरिने जनाए ।
‘आखिर सम्पूर्ण कलाकारको पवित्र उद्देश्य नै यस क्षेत्रलाई मजवुत बनाउने भएकाले कलाकारितासंग सम्वन्धित सम्पूर्ण संस्था एकजुट भएर गएमा सकारात्मक सन्देश जाने र सामूहिक काम धेरै गर्न सकिन्छ’, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजकी महासचिव पिपला देवानले बताइन । अनेकसले यसैवर्ष केही रचनात्मक काम गर्ने योजना समेत बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री