सगरमाथा तेक्वान्डो डोजाङलाई भारी सफलता

ss
लन्डन । मास्टर राष्ट्र राई संस्थापक अध्यक्ष रहेको सगरमाथा तेक्वान्दो डोजाङले नेशनल तेक्वान्दो छुङडोकन च्याम्पियनसीपमा भारी सफलता चुमेको छ । बेलायतका विभिन्न क्लबीच गत २१ मार्चमा ब्रेकनेलमा आयोजित राष्ट्रिय स्तरको प्रतियोगितामा क्लवले क्योरुगीतर्फ २० वटा गोल्ड, २३ वटा सिल्भर, १६ ब्रोन्ज गरि ५९ मेडल र पुम्सेतर्फ तीन ब्रोन्ज मेडल जितेको मास्टर राईले वीनेपालीलाई जनाए । ‘हाम्रो यो लगातार छैठौं वर्षको सफलता हो’–राईले खुशी बांडे, ‘आफ्ना विद्यार्थीको यो सफलताबाट म औधि खुशी छु ।’
उक्त प्रतियोगितामा क्लवका विभिन्न शाखाबाट ७५ विद्यार्थीले भाग लिएका
थिए ।
सन् २००२ मा स्थापित उक्त क्लवमा बेलायतभर १४ वटा शाखा छन् भने करिब चारसय विद्यार्थीले हाल तेक्वान्दो सिकिरहेका छन् ।
राईले क्लवले आगामी सेप्टेम्बरमा हुने ब्रिटिश ओपन च्याम्पियनसीपमा करिब ५० विद्यार्थीलाई प्रतिष्पर्धा गराउने लक्ष्य लिएको जनाए । मे २१ मा हल्याण्डमा हुन गइरहेको मास्टर च्याम्पियनसीपमा समेत क्लवले प्रतिष्पर्धा गर्दैछ । क्लवको  जुलाईमा आफ्नै च्याम्पियनसीप समेत गर्ने तयारी छ ।

मास्टर राष्ट्र राईको यस क्षेत्रमा बेग्लै ख्याति छ । उनले सन् १९९६ यता हरेक वर्ष भर्ती भएर आउने गोर्खाहरुलाई क्याट्रिक गएर खुकुरी फाइट सिकाउने गरेका छन् ।
‘सेल्फ डिफेन्स्, आक्रोश नियन्त्रण र कुलतबाट टाढिन तेक्वान्दो प्रशिक्षण जरुरी छ’–राई भन्छन् ।

s 2

प्रतिक्रिया

सम्बन्धित सामाग्री