लिटिल शेर्पा फाउण्डेशनको सहयोगार्थ एभरेष्ट इनको च्यारिटी

1

लन्डन । यूकेमा विभिन्न करी अवार्ड जित्न सफल रेष्टुरेन्ट एभरेष्ट इन, ब्ल्याकहिथ शाखाले लिटिल शेर्पा फाउण्डेशनको सहयोगार्थ गत १७ मार्च सांझ एक च्यारिटी कार्यक्रम गरेको छ । सोलुखुम्बुस्थित उक्त फाउण्डेशनले पर्वतारोहणका क्रममा ज्यान गुमाउनेको परिवारलाई सहयोग गर्दैै आएको छ ।

बेलायत नेपाल दौत्य सम्वन्धको दुई सय वर्ष गांठको अवसरमा गरिने विभिन्न कार्यक्रम मध्ये यो च्यारिटी प्रारम्भिक भएको एभरेष्ट इनले जनाएको छ ।

च्यारिटीबाट एकहजार ८ सय १५ पाउण्ड संकलन भएको छ । राफल चिट्ठा, व्यवसायिक फोटोग्राफर जेम्स् ल्याम्बले खिचेका तस्विरको लिलामी बढाबढ लगायतबाट उक्त रकम संकलन भएको हो । रकम संकलनमा लक्ष्मी भण्डारीले उल्लेख्य साथ दिइन् ।

कार्यक्रममा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, काउन्सिलर एलन म्याक कार्थी (ग्रीनवीचका पूर्व मेयर), ब्ल्याकहिथ काउन्सिलर केभिन बोनाभिया, चिकित्सक डा. कपिल रिजालले फाउण्डेशन र एभरेष्ट इनका च्यारिटी कामहरुको प्रशंसा गरेका थिए । लिटिल शेर्पा फाउण्डेशनका संस्थापक जेम्स् ल्याम्ब र फाउण्डेशनकै टासी लामाले आफ्नो च्यारिटीबारे प्रिजेन्टेशन दिंदै भिडियो फुटेज र फोटोग्राफी देखाए ।

आयुष भण्डारीले प्रदर्शन गरेको भिज्यूअल र गंगा थापाको संगीतले उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारेको थियो ।

कार्यक्रमका सहभागी दर्शक एभरेष्ट इनका हेड सेफ शंकर पाण्डे र अन्य कर्मचारीले तयार पारेका विभिन्न स्वादिष्ट परिकारमा रमाएका देखिन्थे । एभरेष्ट इनका प्रवन्ध निर्देशक पशुपति भण्डारी र यादव भण्डारीले अतिथीहरुको सत्कार गरेका थिए ।

उक्त च्यारिटी सफल बनाउन शुरुदेखि नै म्यानेजरहरु फ्रेंक र दीपक, राजन खरेल लगायत समस्त कर्मचारीले अहंम भूमिका निर्वाह गरेका थिए ।

IMG_3132

प्रतिक्रिया

सम्बन्धित सामाग्री