बेलायत कांग्रेसले बुझ्यो क्रियाशील सदस्यता

11082912_1012136652148235_394629106_n

ऋषिकेश तिवारी (वायां) का साथ खनाल पार्टी कार्यालयमा

लन्डन । नेपाली कांग्रेसको महाधिवेशन तिथी नजिकिंदै गर्दा क्रियाशिल सदस्यता वितरणले गति लिएको छ । यसै क्रममा नेपाली जनसम्पर्क समिति बेलायतको क्रियाशील सदस्यतासमेत जारी भएको छ । कांग्रेस पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बेलायत जनसम्पर्क समितिका सभापति चेतनाथ खनाललाई ५ सय ४५ नवीकरणका निम्ति र दुई हजार नयां क्रियाशील सदस्यता हस्तान्तरण गरेका हुन् । कांग्रेस महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाण्डौंमा हुने तय भएको छ ।

हस्तान्तरण कार्यक्रममा संगै रहेका नेपाल विद्यार्थी संघ, बेलायतका सभापति उमेश भण्डारीले क्रियाशील सदस्यता वितरण गर्नका निम्ति बेलायत समितिका दुई सभापति चेतनाथ खनाल र लोक गुरुङको संयोजकत्वमा एक सदस्यता वितरण कमिटी गठन गरिएको जनाए । बेलायतमा खनाल र गुरुङ पक्षीय दुई समिति छन् । विभाजित दुई समितिको एकीकरण प्रयास थालिएपनि अझै छिन्न भिन्न अवस्थामा छ ।
विवादकै कारण संगठनका क्रियाकलाप शुन्य प्राय छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री