नेप्लिज तेक्वान्दो एकेडेमीका लागि बेलायतबाट सहयोग

15397_822547211161646_7498749373699374185_n

लन्डन । एभर ग्रीन गु्रप बेजिङ्स्टोक, बेलायतले मुलपानी तेक्वान्दो डोजाङको ड्रिम 
प्रोजेक्ट नेप्लिज तेक्वान्दो एकेडेमी भवन निर्माणका लागि सहयोग जुटाएको छ । यसैवर्ष भ्यालेन्टाइन च्यारिटी डिनर आयोजना गरि संकलित एकमुष्ट रकम ३ लाख २३ हजार २ सय रुपैयां शुक्रवार बिएफबिएस् गोर्खा रेडियोका बिनोदध्वज खड्काको कार्यक्रम काठमाडौंको सौगात मार्फत एभर ग्रीन ग्रुपका सदस्यहरु मेजर खुशीमान गुरुङ र अशोक सेनले हस्तान्तरण गरेका हुन् ।

नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं राष्टिय खेलाडी अशोक खड्काका अनुसार, हालसम्म भवन निर्माणका लागि ३६ लाख रुपैयां संकलन भएको छ । खड्काले दाताहरुप्रति आभार व्यक्त गर्दै प्रोजेक्टका लागि अझै ६४ लाख रुपैयां नपुग रहेकाले सहयोगका लागि सबैमा अपिल गरेका छन् ।

उनले मुख्य ट्रेनिङ हल निर्माण कार्य चांडै शुरु हुने जानकारी पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री